काठमाडौं, १४ माघ । सरकारले माघ ३ गते सातवटै प्रदेशका प्रमुख नियुक्त गरेको थियो । प्रदेश प्रमुख नियुक्त भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बस्नुपर्ने भएपनि १ र ६ नम्बर प्रदेशमा यसको अझै टुंगो लागेको छैन ।
दुई ओटा प्रदेश बाहेक अन्य प्रदेशमा प्रदेश संसदको पहिलो अधिवेशन टुंगो लागेको छ ।
प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक जनकपुरमा रहेको शैक्षिक तालिम केन्द्रको सभाकक्षमा आउँदो आइतबार बस्ने तय भएको छ ।
प्रदेश नम्बर ३ को संसदको पहिलो अधिवेशन आउँदो बिहीबार हेटौडाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्दै छ ।
प्रदेश नम्बर ४ को पहिलो अधिवेशन साविक नगर विकास प्रशिक्षण केन्द्रको भवन नदीपुर पोखरामा आउँदो २२ गते सोमबार बस्ने तय भएको छ ।
प्रदेश नं ५ को पहिलो अधिवेशन बुटवल उद्योग वाणिज्य संघको सभाहल बुटवलमा वस्दै छ ।
प्रदेश नं. ७ को पहिलो अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा आउँदो आइतबार बस्ने तय भएको छ ।
प्रदेश नम्बर १ को पहिलो अधिवेशन कहिले बस्ने भन्ने भोली सोमवार लाग्दै छ भने प्रदेश नम्बर ६ को आज टुंगो लगाउने संभावना देखिएको छ ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभापुखको निर्वाचन गरि सक्नुपर्छ भएपछि। अबको १ हप्ताभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्ने भन्दै सबै प्रदेशमा बैठक स्थल मर्मत सम्भार तथा रंगरोगनको काम भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्