काठमाडौं, १४ माघ । नेपाल विद्युत प्राधिकरणले २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली– १ ‘ए’ को बिजुली किन्ने सम्झौता पीपीए गरेको छ ।
आईतबार प्राधिकरणमा आयोजित कार्यक्रममा बिच नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबिच बिजुली किन्ने सम्झौता गरिएको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सिक युले हस्ताक्षर गर्नुभयो ।
आयोजनाको बिजुली सुख्यायाममा प्रतियूनिट ८ रुपैया चालिस पैसा र वर्षायाममा ४ रुपैया ८० पैसामा खरिद गर्ने गरी उर्जा खरीद सम्झौता (पिपिए) भएको हो ।
सम्झौतापछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बो सिक युले तोकिएको समयमा नै उक्त आयोजना सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो ।
ऊर्जा मन्त्रालय र कम्पनीबीच ०७३ पुस १४ गते आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
प्रतिक्रिया दिनुहोस्