ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतले निर्वाचन प्रक्रियामा रोक लगाएपछि पिएन क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा


एबीसी / संवाददाता
२९ फाल्गुन २०७९, सोमबार   ७ : ४१   बजे

पोखरा, २९ फागुन । उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पस (पिएन)मा स्ववियु निर्वाचनको तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ ।

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत २ गतेसम्म निर्वाचनसम्बन्धी काम कारबाही अगाडि नबढाउन आदेश दिएको हो  ।

क्याम्पसमा दर्ता गराएको संगठनको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा विप्लबी न्यौपानेले रिट दायर गरेकी थिइन् । सोही रिटको आधारमा उच्च अदालते सो आदेश जारी गरेको हो ।

गत फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रकाशन गरेपछि न्यौपाने अदालत गएकी थिइन् ।

‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागी मिति २०७९ चैत २ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरुलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिई उक्त छलफल हुने मिति २०७९ फागुन १२ २ गते सम्मको लागि निर्वाचन सम्बन्धी काम कारवाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरि दिइएको छ,’ न्यायधिस राजभण्डारीको आदेशमा उल्लेख छ ।

यस्तै क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लागेकाले पनि निर्वाचन प्रक्रिया रोकिएको थियो भने उच्च अदालतको आदेशपछि पिएनमा स्ववियु निर्वाचनको अन्यौलता झन थप बढन गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीमा तीन मन्त्रीले आज शपथ ग्रहण गर्दै

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

सम्बन्धित

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu