मुम्बई, ९ चैत । भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी भएको छ । निगमको घरबाट भएको सो चोरीका मामिलामा उनका पूर्वड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ ।
गायककी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिएपछि यो मामिला बाहिर आएको हो ।
अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए । राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडि निकालिएको थियो ।
निगमको डिजिटल लकरबाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो ।
निगमको घरबाट ठुलो रकमको पैसा हराएपछि सिसिटिभी फुटेज हेरिएको थियो । जहाँ अगमकुमारले दुवै पटक ठुलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो ।
पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरीसमक्ष स्वीकार गरेको बिबिसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्