ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कागतीखेतीबाट २० लाख आम्दानी


एबीसी / संवाददाता
१९ चैत्र २०७९, आइतबार   ७ : ५१   बजे

पथरी, १९ चैत । सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो गाउँको बीचमा रहेको उनको कागतीका बगैँचाले गाउँकै सुन्दरता झल्काएको छ । उमेरले ४५ वर्ष टेकेका उनले दुई बिघा क्षेत्रफलमा लगाएको कागती देखेरे सबैले प्रशंसा गर्दछन् ।

मोरङको पथरी शनिश्चरे–२ कालापानीमा रहेको पथरी कृषि फार्मबाट सन्तुष्ट छन् उनी । लामो समय विदेशमा परिश्रम गरेका न्यौपाने आर्थिक अवस्था परिवर्तन नभएपछि चार वर्षअघि कृषि पेसामा फर्किएका थिए । उनलाई कागतीले यतिबेला राम्रो प्रतिफल दिन थालेको छ ।

दुई बिघा क्षेत्रफल भाडामा लिएर कागतीखेतीसँगै नगदे बाली गर्दै आएका छन् । यतिबेला उनको बगानमा लटरम्मै कागती फुलेका र फलेका छन् । बगानमा एक हजार दुई सय कागतीका बोट छन् । फार्मले तीन जनालाई रोजगारी दिएको छ । बजारको भाउअनुुसार फल बेच्नुपर्ने हुँदा कागतीको यकिन मूल्य भने छैन । फार्ममा दाना प्रतिगोटा तीन र बिरुवा प्रतिगोट ८० का दरले बिक्री हुँदै आएको छ ।

उनी भन्छन्,“चार वर्षअघि रु ३२ लाख लगानीमो कागतीखेती सुरुवात गरेँ । अहिले उखु, साग, केराउ, प्याज, लसुनलगायतका नगदे बाली छन् ।” बगानमा वार्षिक सात लाख दाना र १० हजारभन्दा बढीको बिरुवा उत्पादन हुने गरेको छ । कागती र बिरुवाले राम्रो उत्पादन दिन थालेपछि धेरै टाढाका कृषकले पनि खरिद गर्ने गरेका छन् । बिरुवा बिक्रीबाट आठ लाखसम्म आम्दानी हुने गरेको छ । कागतीको दाना र बिरुवाबाट वार्षिक २० लाखमाथि आम्दानी हुने गरेकोे कृषक न्यौपाने बताउँछन् ।

कागतीका बोट हुर्किँदै जाँदा क्याङ्गस र फङ्मसजस्ता रोगले निकै सताउने गरेको उनले बताए । कृषि प्राविधिकिसमेत रहेका न्यौपाने रोगले सताएमा बोटले राम्रो उत्पादन दिन नसक्ने बताउँछन् । उनी भन्छन्, “ग्रामीण भेगका यस्ता फार्मले राज्यबाट अनुदान पाउन निकै झन्झट ब्यहोर्नुपरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu