ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या अभियोगमा साउदीमा अलपत्र ५ नेपाली स्वदेश फिर्ता


एबीसी / संवाददाता
१९ चैत्र २०७९, आइतबार   ८ : ३४   बजे

काठमाडौँ, १९ चैत । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेर हत्या अभियोगमा अलपत्र परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् ।

साउदीको अल अन्सारी प्लाजा नामक कम्पनीमा कार्यरत उनीहरू लामो समयदेखि एक भारतीय नागरिकसँगै रूममा बसेका थिए । तर, भारतीय नागरिकको २०१८ नोभेम्बरका दिन शंकास्पद मृत्यु भएलगत्तै उनीहरूलाई कानुनी रूपमा सोधपुछ गरी शंकास्पद हत्या भएको र अन्य कुनै संदिग्ध अपराधी फेला नपरेको कारण उक्त हत्या अभियोगमा ४ वर्ष जेल सजाय भएको थियो ।

पीडित नेपालीले आफू निर्दोष रहेको र उद्धार गरिदिन नेपाली राजदूतावास र एनआरएनलाई आग्रह गरेका थिए । नेपाली दूतावासको निरन्तर प्रयासपछि साउदी अदालतले ३ अगस्ट २०२२ का दिन निर्दोष सावित गरी जेलमुक्त गर्न आदेश दिएको थियो । त्यसपश्चात उनीहरूलाई मध्यपूर्व संयोजक राजेन्द्र अर्याल तथा हेल्प मधेसीको सहयोगमा खान बस्नसहित एनआरएनको अस्थायी शिविरमा राखिएको थियो ।

पीडित नेपालीलाई स्वदेश फिर्ताका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी बहिर्गमन भिसा उपलब्ध गराइएको थियो । हत्या अभियोगमा इन्द्रजित मन्डल (महोत्तरी), बासुदेव ठाकुर (सिरहा), धनबहादुर तामाङ (इलाम), कृष्ण बहादुर घन्सी (भक्तपुर) र रामप्रसाद ठाकुर (धनुषा) रहेका छन् । १ अप्रिल २०२३ का दिन उनीहरू स्वदेश फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu