नेपालगन्ज १६ माघ । धावनमार्ग मर्मत सम्भार गर्नका लागि पश्चिम नेपालकाे प्रवेशद्वारका रूपमा रहेकाे नेपालगन्ज विमान स्थल बन्द हुने भएकाे छ । धावनमार्ग मर्मतका लागि दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म विमान स्थल बन्द गर्न लागिएकाे हाे ।
मंगलबारदेखि ३५ दिनसम्म विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिने नागरिक उडड्यन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। उनले भने आजदेखि दैनिक १५ घन्टा धावनमार्गमा मर्मतको काम हुने छ, त्यसका लागी धावनमार्ग बन्द गरीएकाे हाे । करिब १ हजार ५ सय मिटर लामो धावनमार्ग सहित आवश्यक क्षेत्रमा मर्मतको काम गर्न लागीएकाे प्रमुख तिवारीले बताए । उनले भने करिब १३ करोडको लागतमा हुन लागेको मर्मत संहारको काम पप्पु कन्सट्रक्सनले गर्दैछ।
बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएका कारण बिहानका उडान नियमित नभइरहेका अवस्थामा साँझ विमानस्थल बन्द गरिँदा नेपालगन्जबाट काठमाडौं लगायत कर्णाली क्षेत्रका जिल्लामा हुने उडान प्रभावित हुने छ ।
प्रतिक्रिया दिनुहोस्