ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निःशुल्क आँखाको शल्यक्रिया


एबीसी / संवाददाता
२० चैत्र २०७९, सोमबार   ६ : १७   बजे

धनकुटा, २० चैत । जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ ।

पालिकाले यही चैत १० गतेदेखि एक हप्तासम्म वडामा सञ्चालन गरेको आँखा शिविरबाट १७२ जनामध्ये ७५ जनाको आँखाको शल्यक्रिया गरिदिएको हो ।

नेपाल नेत्रज्योति संघका डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग, नेत्रज्योति संघ र सेभा फाउन्डेसनको सहयोग तथा पालिकाको व्यवस्थापनमा उनीहरूको आँखा शल्यक्रिया गरिएको हो ।

पालिकाले चैत १८ र १९ गते शिविर सञ्चालन गरेर मोतियाबिन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिदिएको हो ।

उनीहरूको कीर्तिपुर आँखा अस्पताल काठमाडौँका डा.एरिक वैद्यसहितको सात जनाको टोलीले उपचार गरेको आँखा अस्पताल धनकुटाका डा.समिर चापागाईँले जानकारी दिए ।

अन्य बिरामीहरूको भने प्रतिकूल मौसम र केही अनियन्त्रित रक्तचापका कारण शल्यक्रिया हुन नसकेको चापागाईँले बताए ।

बर्सादका कारण गाउँमा शल्यक्रियासम्बन्धी गलत हल्ला चलाइएकाले पहिचान भएका सबै बिरामी उपचारमा नआएको गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।

“शल्यक्रिया राम्रो हुन्न भन्ने गाउँमा गलत हल्लाहरू फैलाइएकाले सबैजना नआएको बुझिएको छ”, अध्यक्ष लिम्बूले भने, “बाँकीको उपचारका लागि पालिकाको बैठक बसेर निर्णय गर्नेछौँ ।”

उपचारका लागि गाउँ–गाउँबाट आएका बिरामीहरूको खानेबस्नेलगायतका बन्दोबस्ती पालिकाले गरेको थियो । पालिकामा नै सञ्चालन भएको शिविरबाट नागरिकहरू आर्थिकरुपमा लाभान्वित भएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

आफ्ना ७२ वर्षीय बुबा र ६८ वर्षीया फुपूको आँखा शल्यक्रिया गर्न आएका वडा नम्बर ३ का नेत्र बरालले यस शिविरले आफू ५० हजारभन्दा बढी आर्थिक भारबाट मुक्त भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group