ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीउको माग बढ्दो


admin
१६ माघ २०७४, मंगलबार   ४ : ००   बजे

डडेलधुरा,१६ माघ । डडेलधुरामा उत्पादन भएका विभिन्न किसिमका तरकारी, दाल र अन्नबालीको बीउको माग बढ्दो छ ।

जिल्लामा उत्पादन गरिने अन्नबालीको बीउको माग विभिन्न जिल्लाबाट आउन थालेको छ । मागलाई ध्यानमा राखेर यहाँ उत्पादन गरिएका विभिन्न तरकारी, दाल र सागका बीउ अन्य जिल्लामा पठाउने गरेको लक्ष्मी एग्रोभेटका लक्ष्मी पाण्डेयले जानकारी दिनुभयो ।

जिल्लामा उत्पादन भएको मकैको बीउ चार सय २० टन र सिमी २० क्विन्टल जिल्ला बाहिर पठाएको र अझै माग गरिएको साउद एग्रोभेटका करन साउदले बताउनुभयो । जिल्लाबाट बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, बाँके, बर्दियालगायत अन्य ठाउँमा पठाउने गरिएको छ ।

जिल्लामा उत्पादित बीउ राम्रो र उत्पादन धेरै दिने भएकाले यहाँ उत्पादन भएको बीउको माग बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

मकै र भटमासको बीउको माग समेत विभिन्न जिल्लाबाट आएको कार्यालयले जनाएको छ । अन्य वर्षको तुलनामा बीउ उत्पादनमा वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । गतवर्ष जिल्लाबाट करिब ५२ टन बीउ अन्य जिल्ला पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu