ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर फर्किए मिटरब्याज पीडित


एबीसी / संवाददाता
२२ चैत्र २०७९, बुधबार   ७ : ३१   बजे

काठमाडौँ, २२ चैत । मिटरब्याजको समस्या समाधानका लागि आयोग गठनको निर्णयसँगै विगन ९ दिनदेखि काठमाडौँका विभिन्न स्थानमा धर्नामा रहेको मिटरब्याज पीडितहरू घर फर्किएका छन् ।

झापा, मोङ, सुनसरी, बारा, पर्सा, सप्तरी, धनुषालगायतका जिल्लाका मिटरब्याज पीडितहरू ११ दिनको पैदलयात्राबाट काठमाडौँ आएका थिए । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकार र पीडितबीच गत शनिबार पाँच बुँदे सहमति भएको थियो ।

मिटरब्याजविरूद्ध संघर्ष समितिका संयोजक मनोज पासवानले मिटरब्याजको समस्या सरकारले अत्यन्तै गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेपछि आफूहरू घर फर्किएको बताए । उनले सरकार समस्या समाधान गर्न गम्भीर रूपमा लागेको आफूहरूको समस्या समाधान हुनेमा पूर्णतः विश्वस्त रहेको बताउँदै भने, “सरकारले मिटरब्याजको समस्यालाई गम्भीर रूपमा लिँदै आयोग गठन गर्ने निर्णयप्रति हामी अत्यन्तै आभारी छौँ । आयोग र सरकारलाई आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरी हामी आ–आफ्नो घर फर्र्किका छौँ ।”

उनले आयोग गठन भएसँगै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने जिल्लास्तरीय छानबिन समितिलाई समेत आफूहरूले सक्दो सहयोग गरी समस्या समाधान गर्ने बताए ।

यसैबीच पूर्वी नवलपरासीका मिटरब्याज पीडित पुनः काठमाडौँ आएर धर्ना सुरू गरेका छन् । नवलपरासीबाट निर्ग नवीन, सरस्वती वाग्लेसहितको टोलीले सोमबार काठमाडौँको माइतीघर तथा प्रधानमन्त्री कार्यालयअघि धर्ना दिएर समस्या समाधान गर्न माग राखेका थिए । सरकारले उनीहरूलाई समेत आ–आफ्नो घर फर्किएर जाँचबुझ आयोग र सरकारलाई सहयोग गर्न आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले समस्या समाधान गर्न सरकारले आयोग गठन गरिसकेकाले काडमाडौँमा दुःख पाएर बस्नुभन्दा घर फर्किन आग्रह गरिन् ।

उनले धर्नामा रहेको समूहसँगसमेत छलफल गरिने जानकारी दिइन् । मिटरब्याज पीडितको समस्या छ कि छैन भन्ने अन्योलमा सरकार नरहेको बताउँदै मन्त्री शर्माले समस्या भएकै कारण समाधान गर्न आयोग गठन गरिएको स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal and China Resume Flood Rescue Efforts Amid Rising Death Toll

Rainfall Threatens to Hamper Flood Rescue Efforts in Nepal

Nepal Floods Claim 616 Lives as Search Efforts Continue

Nepal Flood Death Toll Climbs Above 57, Hundreds Still Missing After Glacier Collapse

Nepal Grapples with ‘Uncanny Populism’ and Shifting Political Landscape

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu