काठमाडौँ, २३ चैत । दुईवटा साना कम्युनिस्ट पार्टीबीच आज एकता हुँदै छ ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।
नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीचमा एकीकरण घोषणा सभा हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्