ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेशको नामबारे किन फेरियो माओवादीको अडान ?


एबीसी / संवाददाता
२४ चैत्र २०७९, शुक्रबार   १० : ०१   बजे

काठमाडौँ, २४ चैत । पहिला प्रदेश नम्बर १ भनिँदै आएको प्रदेशलाई कोशी नामाकरण गर्ने पक्षमा नेकपा (माओवाद केन्द्र)ले मतदान गरेको थियो । तर, अहिले उसले अकस्मात् आफ्नो अडान फेरेर पहिचानको पक्षमा उभिएपछि प्रदेशभित्र र बाहिर राजनीतिक तरंग उत्पन्न भएको छ ।

माओवादीको यो कदमसँगै सत्ता गठबन्धनमा समेत असर गर्न सक्ने आशंका उत्पन्न भएको छ । एक महिनाअघि प्रदेशसभको बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगै माओवादी केन्द्रले पनि कोशी प्रदेश नामाकरणको प्रस्तावलाई समर्थन गर्दै मतदान गरेको थियो ।

प्रदेश सरकारको नेतृत्व गर्दै आएको एमालेले ल्याएको कोशी प्रदेश नामाकरणको प्रस्ताव प्रदेशसभाको दुईतिहाइ बहुमतले पारित भएको थियो ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ‘किरात खम्बवान सगरमाथा प्रदेश’ प्रस्ताव गरेका थिए ।

सत्ता गठबन्धनमा कस्तो असर पर्ला ?
माओवादी केन्द्रको नयाँ निर्णयले तत्काल संघीय सत्तँ गठबन्धनमा कम असर गरे पनि कोशी प्रदेशमा भने त्यसको असर पर्न सक्ने आंकलन गर्न थालिएको छ । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र अन्य साना दलहरूले गठबन्धन गरी एमाले नेतृत्वको प्रदेश सरकारलाई विस्थापित गराउने प्रयास भइरहँदा माओवादीसँग कांग्रेस ढुक्क हुन सकेको छैन ।

कोशी प्रदेशमा अहिले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गठबन्धनको सरकार छ ।

कांग्रेस कोशी प्रदेशका सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले माओवादी नेताहरूको पछिल्लो निर्णयले आशंका उत्पन्न गराएको बताए । “कोशी प्रदेश नामाकरण प्रस्ताव पारित गर्दा समर्थन जनाउने माओवादी केन्द्रका नेताहरूले आफ्नो राजनीतिक स्वार्थ सुरक्षित गर्न र पहिचान पक्षधरकै पक्षमा छौँ भनेर देखाउन त्यस्ता अभिव्यक्ति दिएको हुनुपर्छ,” उनले भने ।

अहिले कोशी प्रदेशमा सरकारको नेतृत्व गरेको एमाले माओवादीको फेरिएको अडानबाट चिढिएको सुनिन्छ । उक्त दलका कोशी प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानसम्मत रूपमा दुई तिहाइ बहुमतले पारित गरेको कोशी प्रदेशको पुनः नामाकरण गर्ने विषयमा तत्काल छलफल गर्न एमाले तयार नरहेको बताए ।

माओवादी केन्द्रका नेताहरू चाहिँ पहिचानको पक्षमा बोल्दा गठबन्धनमा खासै समस्या नहुने तर्क गर्छन् । माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याम्बोले पार्टीले पहिलादेखि उठाउँदै आएको बहुपहिचानको मुद्दालाई कायम राख्दा गठबन्धनमा कुनै फाटो नआउने बताए ।

माओवादीभित्र ‘असन्तुष्टि’
बहुपहिचाको पक्षमा आफ्नो मत व्यक्त गर्दै आएको माओवादी केन्द्रका सांसदहरूले पहिचानको मुद्दा छोडेर आफूखुसी कोशीको पक्षमा समर्थन गरेको भन्दै पछिल्ला दिनमा पार्टीभित्र असन्तुष्टि देखिएको थियो ।

बुधबार बसेको पार्टी केन्द्रीय पदाधिकारीक बैठकमा पनि कोशी प्रदेश नामाकरणलाई समर्थन गरेर आफ्ना सांसदहरूले गल्ती गरेको भन्दै त्यसबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठेको बताइएको छ ।

बिहीबार नै माओवादी केन्द्रका कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कोशी प्रदेश नामाकरणमा पुनःविचार गर्ने वातावरण मिलाउन आग्रह गरेको बताइएको छ ।

फेरिएला त कोशी प्रदेशको नाम ?
प्रचण्डसँगको छलफलमा सहभागी माओवादी केन्द्रका मुक्साहाङ मेन्याम्बोले पार्टीको नीति र एजेन्डाविपरीत प्रदेशको नामाकरणमा भएको गल्ती सच्याउन आफ्नो तर्फबाट तत्काल राजनीतिक संवाद थाल्ने प्रतिबद्धता जनाएको बताए ।

प्रचण्डको भनाइ उल्लेख गर्दै मेन्याम्बोले भने, “पार्टी अध्यक्ष प्रचण्ड पनि बहुपहिचानकै पक्षमा हुनुहुन्छ । कोशी नामाकरण माओवादी केन्द्रका सांसदहरूबाट गम्भीर गल्ती भएको र त्यसलाई पुनर्विचार गर्न जरूरी छ भन्नुभएको छ ।” उनले पहिचानको पक्षमा भएको आन्दोलनका क्रममा मृत्यु भएको पदम लिम्बूलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए ।

प्रदेशको नाम कोशी प्रदेश पारित भएपछि पहिचान पक्षधर विभिन्न संघसंस्थाहरूले सडक आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै क्रममा चैत ५ गते विराटनगरमा भएको झडपमा घाइते भएका लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसपछि सरकारले उक्त घटनाको छानबिन गर्न र आन्दोलनरत पक्षसँग वार्ता गर्न एउटा समिति गठन गरेको थियो । आन्दोलनरत पक्ष सहमत नहुँदा मृतक लिम्बूको शव परीक्षण र अन्तिम संस्कार हुन सकेको छैन ।

पहिचानको पक्षमा उभिने माओवादी केन्द्रको पछिल्लो निर्णयले पहिचानको आन्दोलन गरिरहेका विभिन्न संघ, संगठन र समूहलाई केही बल पुगेको तर पुनः नामाकरण मुद्दाले प्रदेशको राजनीति अस्थिर र अशान्त हुन सक्ने चिन्ता पनि त्यत्तिकै बढेको कतिपय विश्लेषकहरूले बताएका छन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal and China Resume Flood Rescue Efforts Amid Rising Death Toll

Rainfall Threatens to Hamper Flood Rescue Efforts in Nepal

Nepal Floods Claim 616 Lives as Search Efforts Continue

Nepal Flood Death Toll Climbs Above 57, Hundreds Still Missing After Glacier Collapse

Nepal Grapples with ‘Uncanny Populism’ and Shifting Political Landscape

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu