काठमाडौँ, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारमा रहेको पार्टीले चुनाव जित्नका लागि मात्र सरकारलाई समर्थन दिएको बताएका छन् ।
पोखरामा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता शाहीले अहिलेको सत्ता साझेदार दलले चुनाव जित्नकै लागि मात्र सरकारलाई समर्थन गरेकाले वैशाख १० पछि सरकार ढल्ने बताएका हुन् ।
उनले भने, “केही साथीहरूले अहिलेको सरकारलाई समर्थन गरेको भनेको आफू चुनाव लड्नलाई मात्रै हो । जुन दिन चुनाव जित्छन्, त्यहिँ दिन त्यो सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ । र सरकार ढल्छ ।”
फेल भए पनि पटक–पटक नेतृत्वमा पुग्ने प्रवृत्तिले मुलुकलाई धरासाय बनाएको प्रवक्ता शाहीले आरोप लगाए ।
“हामी कुनै एउटा कक्ष फेल भयौँ भनेर फेरि त्यहिँ कक्षा पढ्नुपर्छ । कक्षा बढाउन पाइँदैन । तर, यहाँ जतिपटक फेल भए पनि पटक–पटक नेतृत्वमा पुग्ने प्रवृत्तिको विकास भयो,” उनले भने,“यसले मुलुकलाई धरासाय गर्यो र तपाईंहरूले स्पष्ट बुझ्नुस् कि वैशाख १० गते पछाडि संसदीय अंकगणितको राजनीति फरक तरिकाले अगाडि बढ्छ ।”
प्रतिक्रिया दिनुहोस्