काठमाडौं, १७ माघ । प्रधानन्यायाधीश गोपाल पराजुली र डा. गोविन्द केसीबिचको लडाईले नया मोड लिने भएको छ । प्रधानन्यायाधीश पराजुलीको न्याय सम्पादनमा प्रश्न उठाउदै आन्दोलन थालेका केसीले पछिल्लो चरणमा भने उनको नागरिकताको प्रतिलिपी आज काठमाडौं सिडियो कार्यालय जाने भएका छन् ।
बुधवार विहान १० बजे बबरमहलस्थित कार्यालयमा गएर पराजुलीको नागरिकताको प्रतिलिपी माग्ने बताएका हुन् । नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी उनको नागरिकताको प्रतिलिपि माग्ने डा केसी अलायन्सका डा अभिषेकराज सिंहले जानकारी दिनुभयो । उहासंगै अधिवक्ताहरु सुरेन्द्रराज भण्डारी र ओमप्रकाश अर्याल, कलाकार रवीन्द्रसिंह बानियाँ र डा सिंह त्यहाँ पुग्ने कार्यक्रम रहेको छ ।
न्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन् । न्यायपरिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति फरक रहेको विषयमा लामो समयदेखि विवाद भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्