काठमाडौँ, ११ वैशाख । तनहुँ–१ को मतपरिणा आउने क्रम जारी छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायम राखेका छन् ।
१७ हजार ७६ मतगणना गरिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.वाग्ले ९ हजार ४८२ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार ४३० मत पाएका छन् । डा.वाग्ले र भट्टराईबीच यसअघिको भन्दा अहिले मतान्तर घटेको छ ।
यस्तै, नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल सुरूवातदेखि नै तेस्रो स्थानमा छन् । उनले २ हजार ५६० मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्