ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढीगण्डकी आयोजना सरकारले हातमा लिएपछि स्थानियवासीमा चिन्ता


admin
१७ माघ २०७४, बुधबार   ४ : ३१   बजे

काठमाडौं, १७ माघ । बर्तमान सरकारले चिनियाँ कम्पनीसँग गरेको सम्झौता रद्द गर्दै बुढीगण्डकी जलविद्युत आयोजना आफैंले बनाउने भनेपनि आयोजनाको निर्माणका बिषयमा स्थानीयबासीले भने चिन्ता व्यक्त गरेका छन् ।

(बुढीगण्डकी नदी)

बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बुधबार उर्जामन्त्रीसंग छलफल गर्दे आयोजना निर्माण नहुने होकी भन्ने चिन्ता व्यक्त गरेका हुन् ।

बुढीगण्डकी सरोकार समितिका पदाधिकारीले आयोजनालाई छुट्याएको बजेट पनि खर्च नगर्ने, मुआब्जा वितरण वर्षौवर्षसम्म लम्ब्याइरहने र पुनर्बासको योजना पनि नल्याउने गतिविधिले आयोजना नवन्ने आंशका पैदा नभएको बताएका थिए ।

एक पटक निर्धारण गरेको मुआब्जा वितरणमा ढिलाई गरेको प्रति उनीहरुले गुनासो गरेका थिए । स्थानीयहरु आयोजना बनाउन सकारात्मक हुँदाहुँदै सरकारकै कारण आयोजना नबन्ने खतरा देखिएको उनीहरुको भनाई छ ।

छलफलमा नया शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले उक्त आयोजना राष्ट्रिय गौरव भएकाले आयोजनामाथि राजनीति नगर्न सरकारको ध्यानाकर्षण गराउदै आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

छलफलमा उपप्रधान एवं उर्जामन्त्री कमल थापाले सरकारले यो आयोजना कार्यान्वयन गर्न मानविय संवेदशनशिलतालाई पनि मध्यनजर गर्ने बताउनुभयो । उहाले आयोजनाबाट प्रभावित जनतालाई राहत दिदै आयोजनालाई अघि बढाउन सरकार तत्पर रहेको बताउनुभयो ।

त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करबाट नै आयोजना निर्माण हुने भन्दै आयोजनाका बिषयमा आशंका नगर्न आग्रह गर्नुभयो ।

बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास र पुनर्स्थापना इकाइ र जिल्ला प्रशासन कार्यालय कुन निकायले मुआब्जा वितरण गर्ने भन्ने अन्योलताका कारण चालु आर्थिक वर्षमा विनियोजन भएको १० अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । गत वर्ष ५ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा ४ अर्ब ३६ करोडमात्र विनियोजन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu