ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापान र क्यानाडामा ‘सहायक श्रीमान्’ लाई एकसाथ पुरस्कार


एबीसी / संवाददाता
१९ बैशाख २०८०, मंगलबार   ७ : ०१   बजे

काठमाडौँ, १९ वैशाख । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले जापान र क्यानाडामा आयोजित चलचित्र महोत्सवमा एकैसाथ अवार्ड जितेको छ ।

गणेश पाण्डे निर्देशित वृतचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौँ मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा ब्रोन्ज अवार्डअन्तर्गत एक हजार अमेरिकी डलर बराबरको रकम जितेको हो । सोही महोत्सवमा निर्देशक पाण्डेले ‘फिल्म फन्डिङ’ शीर्षकमा एक लाख डलर प्राप्त गरेका छन् ।

क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वृतचित्र ‘सहायक श्रीमान्’ ले उत्कृष्ट पुरस्कार पाएको जानकारी निर्देशक पाण्डेले दिए ।

मेहोदो महोत्सवमा एक सय २२ देशका तीन हजार ५३३ चलचित्र तथा वृतचित्र प्रतिस्पर्धामा थिए । “नेपाली वृतचित्र एक लाख डलरको कोष जित्नु आफैँमा गर्वको कुरा हो । यो मेरो मात्र नभई नेपाल र नेपालीको लागि पनि खुसीको खबर हो”, निर्देशक पाण्डेले भने, “निर्माणका क्रममा पटक पटक हुम्ला जिल्लामा बिताएको दुई महिने कठिन दिनको प्रतिफल पाएको आभाष भएको छ ।”

एक लाख डलर पुरस्कार निर्देशक पाण्डेलाई आगामी वृतचित्र परियोजनाका लागि दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu