ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाअभियोग प्रस्ताव दर्ताले मात्र निलम्बित नुहने व्याख्यामा बहस


एबीसी / संवाददाता
३० बैशाख २०८०, शनिबार   १० : ००   बजे

काठमाडौँ, ३० वैशाख । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता गर्नेबित्तिकै आरोपित पदाधिकारी निलम्बत नहुने व्याख्या बहसको विषय बनेको छ । अदालतले प्रतिनिधिसभामा पेश भई छानबिन समितिमा पठाएपछि मात्रै महाअभियोग प्रस्तावमा प्रक्रिया अघि बढ्ने भएकाले दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने गरेको अदालतको व्याख्याप्रति बहस भएको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई सर्वोच्च अदालतको फैसला मान्नैपर्ने हुन्छ तर फैसला बौद्धिक बहसको विषय बन्नुपर्छ भन्ने लागेको छ । “सामान्य अभियोग लागेको मान्छे त निलम्बित हुन्छ, महाअभियोग लाग्ने मान्छे त निलम्बित हुन्छ नै”, उनले भने, “अदालतको फैसला मान्नुपर्छ, तर मेरो व्यक्तिगत धारणा महाअभियोग लागेको व्यक्ति निलम्बनमा पर्नुपर्छ, नत्र छानबिन तथा अनुसन्धान प्रक्रियामा असर पर्छ ।”

सोही फैसलाको विषयमा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष हरिशंकर निरौलालाई संविधानसँग मिल्दो नभए पनि न्यायको सिद्धान्त अनुरुप छ भन्ने लागेको छ । “विश्वमा प्रचलित अन्य राष्ट्रमा महाअभियोग प्रस्ताव दर्ता गर्ने बित्तिकै तुरुन्तै निलम्बन हुने प्रावधान छैन, सम्बन्धित समितिले अध्ययन गरेर महाअभियोग प्रस्ताव दर्ता गर्न सिफारिस मितिदेखि नै हुने हो”, उनले भने, “नेपालको २०७२ सालको संविधानमा महाअभियोग प्रस्ताव दर्ता गने बित्तिकै निलम्बन हुने भन्ने छ, तर न्यायको सिद्धान्तअनुरुप छ, राजनीतिक प्रतिशोधमा आधारमा महाअभियोग प्रस्ताव दर्ता गर्ने प्रचलन छ, त्यो ठीक होइन ।”

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकलाई नेपालको संविधानको १०० को उपधारा ६ बमोजिम महाअभियोग प्रस्ताव दर्ता गर्नेबित्तिकै निलम्बन हुने प्रावधान भएको र अहिलेसम्म भएको अभ्यास पनि त्यही भएको भन्ने लागेको छ । उनले थपिन्, “महाअभियोगको प्रस्ताव दर्ता भएको पदाधिकारीले निरन्तर काम गर्दा पनि प्रश्न उठ्छ, अनुसन्धानका लागि पनि निलम्बन त गर्नुपर्ने हुन्छ ।”

प्रतिनिधिसभामा महाभियोगको कारवाही प्रारम्भ गर्नेगरी निर्णय गरी संविधानको धारा १०१ को उपधारा (३) बमोजिम गठन भएको महाभियोग सिफारिश समितिमा पठाउने भनी निर्णय नगरेसम्म कानुनीरूपमा महाभियोगको कारवाही प्रारम्भ भएको मान्न नै मिल्दैन भन्ने व्याख्या सर्वोच्च अदालतको गरेको छ । “प्रतिनिधिसभाका सदस्यहरुले पेश गर्ने प्रस्ताव स्वयममा संसद्को निर्णय मानिदैन”, फैसलामा भनिएको छ, “प्रतिनिधिसभाले महाभियोगसम्बन्धी प्रस्तावको स्वामित्व औपचारिकरुपमा ग्रहण नगरेसम्म कारवाही प्रारम्भ भएको हुँदैन, जबसम्म संसद्ले महाभियोगको प्रस्तावलाई औपचारिकरुपमा स्वीकार गरी कारबाही प्रक्रिया अगाडि बढाउँदैन ।”

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको महाभियोग प्रस्तावमाथि अधिवक्ता सुनीलरञ्जन सिंहले दायर गरेको रिट निवेदनको फैसलाको बिहीबार सार्वजनिक गरेको पूर्णपाठमा महाअभियोग प्रस्ताव दर्ता हुँदैमा निलम्बित भएको पत्राचार गर्ने पदाधिकारीलाई विभागीय कारवाहीको विषय हुन सक्ने उल्लेख छ ।

कायममुकायमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले २०७९ मंसिर ७ गते फैसला गरेको थियो ।

फैसलामा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव राजनीतिक प्रतिशोधपूर्णका आधारमा लगाइएको र न्यायपालिकाबाट गरिएका काम कारबाहीमा महाअभियोग प्रस्तावकै आधारमा कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

Sudurpaschim Province Allocates Funds for Bhotekoshi Flood Relief

Bhotekoshi River Flow Increases, But Lake Remains Stable, Chinese Officials Say

Over 200 Nepal Electricity Authority Employees Missing After Bhotekoshi Flood

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu