ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबारमार्गमा सात करोडको लगानीमा प्रहरी वृत्त निर्माण


admin
१८ माघ २०७४, बिहिबार   २ : ४७   बजे

काठमाडौंँ, १८ माघ । दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तको भवन रु सात करोड एक लाख १७ हजारको लागतमा निर्माण गरिएको छ ।

विसं २०७० बोलपत्र आह्वान गरी निर्माण शुरु गरिएको छ तले भवन तीन वर्षमा निर्माण गरिएको हो । उक्त भवनमा महिलामैत्री ब्यारेक र आवास समेतको व्यवस्था छ ।

कार्यालय तथा ब्यारेक भवन आज शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नयाँ भवन निर्माणबाट प्रहरीलाई गुणस्तरीय सेवा प्रदान गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “मुलुकको विकासमा शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ, सुरक्षा योजनाअनुसार उपलब्ध स्रोत र साधन अधिकतम प्रयोग गरी सुरक्षा प्रदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

इमान्दारीपूर्वक काम नगर्ने प्रहरीलाई कारबाही गरिनेमा जोड दिंदै जानकारी दिंदै उहाँले भन्नुुभयो, “माथिल्लो एकाइले तल्लो एकाइले गरेका कामलाई बेलाबेलामा अनुगमन गर्नुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाडौँको मुटु दरबारमार्गमा ढिलै भए पनि राम्रो प्रहरी भवन निर्माण भएको उल्लेख गर्दै कार्यक्षेत्र राम्रो भएको खण्डमा काम गर्न इच्छाशक्ति बढेर जान्छ भन्नुभयो ।

रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले अभावका बाबजुद पनि उपत्यका प्रहरीले इमान्दारीसाथ आफ्नो कार्यसम्पादन गरेको बताउनुभयो ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकले भूकम्पले परिसरलगायत काठमाडौँका धेरै भवन भत्किएकाले उक्त भवन निर्माणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group