ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरको भर्याङ कस्तो हुनुपर्छ 


एबीसी न्यूज
१ जेष्ठ २०८०, सोमबार   १० : ३८   बजे

काठमान्डौ १ जेठ
भर्याङको काम चढ्न र झर्र्न सहज हुनुमात्र होइन, यसले घरको पूरै लुक्सलाई इंगित गरेको हुन्छ ।

भर्याङको काम चढ्न र झर्र्न सहज हुनुमात्र होइन, यसले घरको पूरै ‘लुक्स’ लाई इंगित गरेको हुन्छ । घर बनाउँदा भर्याङ महत्वपूर्ण पाटो हो । घरको डिजाइनअनुरूप भर्याङ भएन भने घरको पूरै ‘लुक्स’ नै बिग्रन्छ र कोठाहरू भद्दा देखिन्छन् । भर्याङ कुन ठाउँमा राख्ने, कस्तो डिजाइनको बनाउने भन्ने कुरामा पूर्वतयारी गर्नुपर्छ ।

भर्याङ निर्माण गर्दा सहजता, ‘लुक्स’ र ‘स्पेस’ लाई ध्यान दिनुपर्ने ‘इन्टेरियर डिजाइनर’ सपना सापकोटा बताउँछिन् । उनका अनुसार भर्याङ सजिलो भएन भने उक्लिँदा, झर्दा खुट्टामा दबाब पर्छ र दुख्छ । ‘ठाडो उकालो हुँदा ओरालो झर्दा लड्न सक्ने र उक्लिँदा ठोक्किने डर पनि उत्तिकै हुन्छ’ उनी भन्छिन्, ‘त्यो सगै भर्याङका खुड्किलाहरूबीचको दूरी निश्चित हुनुपर्छ ।’ यसले भर्याङ चढ्न र झर्न सहज मात्र होइन, उक्लिँदा थाकिँदैन ।

ठाउँ मिलेसम्म भर्याङ फराकिलो होस् भन्ने कुरामा समेत ध्यान दिनुपर्छ । यसले घर फराकिलो मात्र देखाउँदैन सामानहरू ओसारपसार गर्न सजिलो हुन्छ । भर्याङ निर्माण गर्दा सुविधायुक्त होस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

कस्तो डिजाइनको बनाउने

भर्याङको डिजाइनले नै घरको ‘लुक्स’ निर्धारण गर्छ । भर्याङको सिधा माथिल्लो भागमा झुमर झुन्डाउन सकिन्छ । यसले घरको आकर्षण बढाउ“छ । भर्याङविभिन्न डिजाइनमा बनाउन सकिन्छ । यसको डिजाइन गर्नुपूर्व ग्राहकको रुचि र आवश्यकतालाई बुझ्नु जरुरी हुन्छ । सपना भन्छिन्, ‘त्यो घरमा कस्ता मानिस बस्छन् सोहीअनुरूप भर्याङको डिजाइन गर्नुपर्छ ।’ घरमा बच्चा एवं ज्येष्ठ नागरिक छन् भने निर्माण सामग्रीको छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । ‘चिप्लिने खालको टायल प्रयोग गर्नुहुँदैन ।’ उनी थप्छिन्, ‘रेलिङमा समातेर हिँड्न मिल्ने बनाउनुपर्छ । साथै प्वालबाट बच्चा लड्ने सम्भावना भएकाले रेलिङ राख्दा धेरै ग्याप राख्नुहुँदैन ।’

भर्याङको डिजाइन कस्तो बनाउने भन्ने कुरा त्यहाँको स्पेसले पनि निर्धारण गर्छ । सपना भन्छिन्, ‘कोठा १८ सय फिटको छ भने भर्याङको साइज ठूलो र राम्रो बन्छ । ८ देखि १० हजार फिटसम्मको कोठामा सानो साइजको भर्याङ बनाउनुपर्छ ।’ सानो ठाउँमा ठूलो र ठूलो ठाउँमा सानो भर्याङ बनाउँदा त्यसको डिजाइनको भ्यालु हुँदैन । ठाउँ खेर जाने र अन्य कोठा राम्रो नहुने उनको भनाइ छ ।

कहाँ बनाउने

सपनाका अनुसार भर्याङ मूलढोकाबाट प्रवेश गर्नेबित्तिकै देखिने ठाउ“मा बनाउदा उपयुक्त हुन्छ । उनी भन्छिन्, ‘भर्याङले घरलाई आकर्षक देखाउने भएकाले घरभित्र प्रवेश गर्नेबित्तिकै जोकोहीलाई आकर्षित गर्न सकिन्छ ।’ यसरी डिजाइन गर्दा भर्याङमा उज्यालो पर्ने भएकाले घरको लुक्स बढाउँछ । ठूलो घर र स्पेस धेरै छ भने भर्याङ मध्यभागमा बनाउँदा राम्रो देखिन्छ । यस्तो खालको भर्याङमा माथि पुगेपछि दुईतिर छुट्टिने भाग बनाउनुपर्छ । यो डिजाइन गर्दा कोठाको रंगमा ध्यान दिनुपर्छ । यसले घरको सुन्दरता बढाइदिन्छ ।

कस्तो सामग्रीको प्रयोग गर्ने

‘भर्याङ बनाउँदा कस्तो सामग्रीको प्रयोग गर्ने भन्ने कुरा ग्राहकको रुचि र आवश्यकतानुसार छनोट गर्नुपर्छ ।’ सपना भन्छिन्, ‘घरको ओभरल लुकले पनि भर्याङमा कस्तो सामग्री प्रयोग गर्ने भन्ने कुरा निर्धारण गर्छ ।’ घरलाई परम्परागत शैलीको बनाउन काठको प्रयोग गर्न सकिन्छ । ‘कन्टेम्परी ’ वा आधुनिक शैलीका लागि मार्बलको भर्याङबनाउन सकिन्छ । फ्युजन शैली मन पराउनेहरूले आधुनिक र परम्परागत शैलीको संयोजन मिलाउन सकिन्छ । त्यसका लागि भर्याङको उठेको भागमा मार्बल, टेक्ने र समात्ने ठाउँमा काठको प्रयोग गर्न सकिने उनी बताउँछिन् ।

धेरैजसो चिसो भइरहने ठाउँमा घर बनाउँदा काठको प्रयोग गर्नु राम्रो हुन्छ भने गर्मी ठाउँमा मार्बलको प्रयोग उपयुक्त हुन्छ । पछिल्लो समय भर्याङमा फलाम र स्टिलको प्रयोग पनि बढ्दै गएको देख्न सकिन्छ । रेलिङको ठाउँमा सिसाको प्रयोग गर्न पनि सकिन्छ । यसलाई माथिबाट काठले जोडेर नयाँ डिजाइन दिन सकिन्छ । भर्याङको एकातिरको साइडको भित्तामा तस्बिरहरू टाँग्न सकिन्छ । यसले भर्याङलाई आकर्षक देखाउँछ । त्यसैगरी भर्याङको कुनाको भागमा इन्डोर प्लान्टले सजाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group