ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछामको वैधनाथ धाम कटानको उच्च जोखिममा


admin
१८ माघ २०७४, बिहिबार   ६ : ०६   बजे

अछाम, १८ माघ । अछामको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम कटानको उच्च जोखिममा परेको छ । वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनि कटान गर्दै गएको छ । कटान रोक्नको लागि पहल भएपनि प्रभाव हुन सकेको छैन् । बुढीगंगा नदीले कटान रोक्नको लागि पहल गर्ने यस क्षेत्रका जनप्रतिनिधीले प्रतिवद्धता जनाएका छन् ।

वि.स १९८६ सालमा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर छेत्रका सबै संरचना बगाएको भए पनि त्यहाँ रहेको शिवलिङग भने यथास्थानमै फेला प-यो । शिवलिङग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा गर्ने कार्य सुरु गरिएको छ ।

वैद्यनाथ धाम नजिकै भएर बग्ने बुढीगंगा नदीले वर्षेनि कटान गर्दै आएपछि यस क्षेत्रका स्थानीले चिन्ता व्यक्त गरेका छन् । धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको क्षेत्रको कटान रोक्नको लागि सरोकारवालले ध्यान दिनुपर्ने पर्ने स्थानीयको भनाई रहेको छ ।

छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको पछि अहिले वैद्यनाथ क्षेत्र उजाड भएको छ । विगतमा जल उत्पन्न प्रकोप कार्यालय र जिल्ला विकास समितिको पहलबाट कटान रोक्नको लागि पहल भएपनि प्रभावकारी भएन । अहिले नयाँ स्टमेट बनाएर कटान रोक्नको लागि पहल भईरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डीराज जोशीको भनाई रहेको छ ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको वैद्यनाथ क्षेत्रको कटान रोक्नका पहल गर्ने बताउनुहुन्छ ।

पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं.१ का सांसद भीम रावल वैद्यनाथ क्षेत्रको कटान रोक्नका लागि आफूले पहल गर्ने आएको बताउनुहुन्छ । पूर्व उपप्रधानमन्त्री रावलले सरकार बनेपछि वैद्यनाथ क्षेत्रको कटान रोक्नको लागि स्थानीयको सुझाव सल्लाह अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बराहक्षेत्र, पाशुपतक्षेत्र र मुक्तिनाथ जत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ सुदूरको महत्वपूर्ण धार्मिक केन्द्रका रुपमा परिचित छ । तर वुढीगंगा नदीको कटानका कारण कुरुप बन्दै गएको छ । कटान रोक्नको लागि भएका पहल पनि प्रभावकारी बन्न सकेका छैन् । त्यसकारण धार्मिक तथा ऐतिहांसिक महत्तव वोकेको वैद्यनाथ क्षेत्रको कटान रोक्नको लागि यस क्षेत्रका जनप्रतिनिधीको ध्यान जान आवश्यक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group