ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छालाको सुरक्षा कसरीगर्ने सौन्दर्यबिद अनिलकुमार भट्ट के भन्नुहुन्छ


एबीसी न्यूज
१० जेष्ठ २०८०, बुधबार   ५ : २३   बजे

 

काठमाडौं । गर्मी मौसमको सुरुवातसँगै धेरैलाई आफ्नो छालाको चिन्ता हुन थाल्छ । किनकि चर्को घामको हानिकारक किरणले छालामा सनर्बन, दागधब्बा र चिल्लोपनजस्ता समस्या देखा पर्छ । छालामा हुने यस्ता समस्याबाट बच्न विशेष ध्यान पुर्‍याउनुपर्छ ।

छालालाई घामको सम्पर्कबाट बचाउन सनस्क्रिनको प्रयोग गर्नुपर्ने कुरा त धेरैलाई जानकारी हुन्छ । तर कस्तो सनस्क्रिम लगाउने र कसरी लगाउने भन्ने कुराको भने दुविधा हुन्छ ।

यस्तोमा गर्मीमा सनस्क्रिन किन्दा के के कुरामा ध्यान दिने कसरी प्रयोग गर्ने लगायत विषयमा के भन्नुहुन्छ छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा अनिलकुमार भट्ट

किन लगाउने सनस्क्रिन

सूर्यबाट आउने किरणमा यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न लाइट हुन्छन् । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई केही नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न हामीले सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

गर्मी मौसममा मात्र होइन बाह्रै महिना सनस्क्रिन लगाउनु उत्तम हुन्छ । किनकि जाडोमा पनि सूर्यबाट आउने किरणमा यूबीए र यूबीबीजस्ता हानिकारक किरण आइरहेको हुन्छ ।

कति एसपीएफको सनस्क्रिन लगाउने

एसपीएफ ३० र एसपीएफ ५० कतिको सनस्क्रिन लगाउने भन्ने प्रश्न धेरैको हुन सक्छ । एसपीएफ ३० र एसपीएफ ५० मा खासै धेरै फरक हुँदैन । साधारणतया ३० एसपीएफ लगाउँदा पनि हुन्छ । तर जसको अनुहारमा चाया, पोतो, कालो दाग छ, जसलाई दिनभरि घाममा काम गर्नुपर्छ उनीहरूले एसपीएफ ५० लगाउँदा राम्रो हुन्छ । घामको एलर्जी हुनेले एसपीएफ ८० भएको सनस्क्रिन लगाउन सक्छन् ।

कस्तो सनस्क्रिन लगाउने

सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने जुनसुकै लगाउँदा पनि हुन्छ । सुख्खा छाला छ भने क्रिम बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै(कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

कसरी लगाउने

घरबाट निस्कनुभन्दा १०–१५ मिनेटअघि सधैं सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि प्रत्येक दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । वाटर प्रुफ सनस्क्रिन पानीमा भएको लगभग ४० देखि ८० मिनेटको लागि प्रभावकारी हुन्छ, त्यसैले पानीबाट बाहिर निस्केपछि यसलाई पुनः लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा मात्र होइन घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

सनस्क्रिन लगाउँदा के के कुरामा ध्यान दिनुपर्छ

एसपीएफ कति छ र तपाईं कति घामको सम्पर्कमा आउनुहुन्छ भन्ने कुरा ध्यान दिएर मात्र सनस्क्रिन किन्नुपर्छ । सनस्क्रिन किन्दा एसपीएफ मात्र नभइकन पराबैजनी किरण ए पनि भएको हेर्नुपर्छ । यदि ९पीएं अथवा चारवटा प्लस भएको सनस्क्रिन छ भने त्यो अझ राम्रो हुन्छ ।

घाममा निस्कनुअघि टोपी, चस्मा र पूरा बाहुला लुगा पनि लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group