ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निटलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था बनाईदै


admin
१९ माघ २०७४, शुक्रबार   २ : ३३   बजे

काठमाडौं, १९ माघ । लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई कांग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिईने भएको छ । नेपाल पर्यटन व्यवसायी संघ (नीट)ले आयोजना गरेको लोकतान्त्रिक पर्यटन व्यवसायिहरुको बृहत भेला तथा सम्मान कार्यक्रममा बोल्दै देउवाले सो कुरा वताएका हुन ।

प्रधानमन्त्री देउवाले भने, ‘पार्टीको आगामी केन्द्रिय समिति बैठकबाट पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिईने छ ।’चुनावमा नेपाली कांग्रेसको सिद्धान्त र दर्शनले नहारेको तर पार्टीका नेताहरुले चुनाव हारेको उनको भनाई थियो । यस विषयमा पार्टीको केन्द्रिय समितिमा छिट्टै समिक्षा हुने उनले वताए ।

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा प्रत्येक गाउँमा पर्यटकिय सम्भावना रहेकोले व्यवसायीहरुले पनि लगानी गर्दा त्यस विषयमा ध्यान दिनुपर्ने वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक खड्काले नेपालमा विशेषगरी कम्युनिष्ट पार्टीहरुले पर्यटन क्षेत्रमा माफियाकरण गरेको वताए ।

नेपाल पर्यटन व्यवसायी संघ (नीट) का अध्यक्ष दीपक महतले लोकतन्त्रमा आस्था राख्ने व्यवसायिहरुले आफ्नो व्यवसायका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत धेरै काम गरेको बताए । महतले आँफुहरुले पार्टीवाट केहि नमागेको तर आवश्यक पर्दा सहयोग गरेको वताउँदै निट लाई पार्टीले शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संस्थामा निर्वाचित भएका लोकतन्तवादी पर्यटन व्यवसायीहरुलाई बधाई सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रीय अध्यक्ष शिव अधिकारीलगायत पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी नीटको अभियानमा भूकम्पपछि मानव बस्ती बिहिन बनेको लाङटाङ क्षेत्रमा पुन बस्ती बसाल्ने अभियानको संयोजन गरेका रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने र उनका सहयोगी अशोक शिल्वाललाई समेत सम्मान गरिएको थियो ।

पर्यटन क्षेत्रमा व्यापार व्यवसाय गरेका लोकतान्त्रीक पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा नीटका सहअध्यक्ष रामशरण थपलियाले कार्यक्रमलाई भव्य र सभ्य बनाउन विशाल सहभागीता जनाउनु भएको भन्दै नेता तथा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद प्रकट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu