ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक निर्माण अलपत्र भएपछि स्थानीय आन्दोलित


abc tv
३ असार २०८०, आइतबार   ११ : ३४   बजे

बुटवल । निर्माण सुरु भएको वर्षौं बित्दा समेत सडक बीचमै अलपत्र परेको भन्दै बुटवल योगिकुटीका स्थानीय आन्दोलित भएका छन् ।

बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमानामा रहेको सडक स्तरोन्नती तथा बिस्तार गर्ने गरी काम सुरु भएको बुटवल धागो कारखाना – योगिकुटी मगरघाट सडक बिस्तार अलपत्र परेपछि स्थानीय बासिन्दाले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

सडक किनारमा घर रहेका तथा उक्त सडक विस्तारबाट प्रभावितहरुले सडक निर्माण कार्य तत्काल सुरु गर्न दवाव दिने उद्देश्यले पूर्णानन्द गिरीको नेतृत्वमा बुटवल धागोकारखाना – योगिकुटी मगरघाट सडक संघर्ष समिति गठन गरेर आन्दोलन सुरु गरेका हुन्।

संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सडक निर्माणको जिम्मा लिएका ठेकेदारले काम गर्दागर्दै पनि सरकारबाट पैसा नपाउँदा काम रोकिएको बताइएको छ।

डिभिजन सडक कार्यालयका अनुसार संघीय सरकार मातहत रहेको यो परियोजना प्रदेश सरकारमा हस्तान्तरण भए पनि सडकको ठेक्का हस्तान्तरण नहुँदा समस्या भएको हो।

‘सडक हामी कहाँ छ पैसा छैन, यो सडक बनाउने जिम्मा लिएको तराइ मधेस पूर्वाधार सडक परियोजना संघीय सरकारले प्रदेशमा हस्तान्तरण गरेको छ तर यो ठेक्का हस्तान्तरण गरेको छैन त्यसैले समस्या भयो,’ डिभिजन सडक कार्यालयका इन्जिनियर महेश्वर लम्सालले भने।

२०७८ सालमा २ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरि सडक निर्माण कार्य अगाडि बढाइएको थियो।

बुटवल उप महानगरपालिका को वडा नं १०, ११ र तिलोत्तमा नगरपालिकाको २, ३ वडा भित्र पर्ने उक्त सडक बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमा मार्गको रुपमा रहेको छ। यस बाटोलाई बुटवल धागो कारखाना, योगिकुटी हुँदै तामनगर सम्मको (बुटवल लिंक रोड सडक) को अवधारणाका साथ बिस्तार कार्य अगाडि बढाइएको थियो।

स्थानीयका अनुसार यसअघि २७ फुट चौडाइ मात्र रहेको उक्त सडक निर्माणका लागि स्थानीय घरधनीहरूले आ-आफ्नो जग्गामा बनेका घर समेत भत्काउन सहमत भई सडकको मापदण्ड अनुसार ५० फुट कायम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu