ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर शिक्षा विधालय तहदेखि नै आवश्यक- गर्भनर नेपाल


admin
२० माघ २०७४, शनिबार   १ : ०३   बजे

काठमाडौं, २० माघ । सेयर शिक्षा विधालय तहदेखि नै आवश्यक रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताएका छन्।

डा नेपालले दोस्रो बैंकिङ एक्सपोको उद्घाटन गर्दै विद्यालय तहको पाठ्यक्रमदेखि नै सेयर शिक्षा राख्न आवश्यक रहेको बताएका हुन्। उनले वित्तीय साक्षरताको महत्व विद्यालय तहदेखि नै बुझाउन आवश्यक रहेको बताए।

‘विद्यालय तहका बालबालिकालाई वित्तीय ज्ञान प्रदान गर्न सकियो भने बालबालिकाले पैसाको महत्व बुझ्छन्’, गभर्नर डा नेपालले भने।

लगानीको लागि बचतको महत्व बुझेपछि उनीहरु आफैं आर्थिक रुपले सक्षम बन्नतर्फ लाग्ने उनले बताए।

अन्य विकासशील मुलुकमा जस्तै विद्यालय तहदेखि नै बचत गर्ने, लगानी गर्ने लगायत आर्थिक कारोबारका विषयमा जानकारी दिन सके मुलुक समृद्ध हुने र पैसा कमाउनकै लागि विदेश जानुपर्ने बाध्यताको उन्त्य हुने उनको भनाइ थियो।

कार्यक्रममा बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बचत गरौं भन्ने नारालाई कुनै एक बैंकले भन्दा पनि सबै वित्तीय संस्थाहरु मिलेर सामूहिक रुपमा प्रचार गर्न सके बढी प्रभावकारी हुने बताए। वित्तीय पहुँच पुगेका ठाउँमा पनि वित्तीय साक्षरता अभाव रहेका कारण सेवाग्राहीको संख्या कम रहेको ढुंगानाले बताए।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णु गौतमले वित्तीय साक्षरता गाउँगाउँमा पुर्‍याउन सके आर्थिक कारोबार बढ्ने र मुलुक समृद्ध हुने बताए।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलकप्रसाद खनालले सरकारले ल्याएको सबै स्थानीय तहमा बैंक शाखा पुर्याचउने नीतिले बैंकिङ सेवा लिनेको संख्यामा वृद्धि हुने बताए। त्यसका लागि डेभलपमेन्ट बैंकहरुले पनि प्रभावकारी भूमिका खेल्न सक्ने बताए।

यस्तै, वित्तीय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधरले कर्जा लगानी गर्नका लागि निक्षेप चाहिने भएकाले कर्जाको मात्र भन्दा पनि निक्षेपको प्रवर्द्धन गर्नेतर्फ वित्तीय संस्था लाग्नुपर्ने बताए। उनले बचत गर्नुपूर्व बचतबाट आर्जन गर्ने बानी बसाल्नुपर्ने बताए।

एक्स्पो कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका साथमा बिमा, रेमिट्यान्स, सेयर बजार लगायतसँग सम्बन्धित संस्थाहरुको ५० वटा सूचनामूलक स्टल रहेका छन्। मिडिया इन्टरनेसनलले आयोजना गरेको कार्यक्रमलाई नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरेको छ भने नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, बिमा समिति र नेपाल क्लियरिङ हाउसले सहकार्य गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu