ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे दुई अर्ब बराबरको साधारण शेयर निष्काशन हुँदै


admin
२० माघ २०७४, शनिबार   ४ : ३०   बजे

काठमाडौं, २० माघ । धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ ।

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संरचना तथा लगानीसम्बन्धी जानकारी पेश गरेपछि सीमित साधारण शेयर जारी गर्ने तयारी गरिएको हो ।

सोही जानकारी बुझाउन केही समय लागेका कारण सीमित साधारण शेयर बिक्री गर्ने अवधिक एक महिना पर सरेको थियो ।

“हामीले सबै निकायबाट स्वीकृति प्राप्त गरिसकेका छौँ, आगामी फागुन ११ गतेदेखि कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका पाँच लाख बढी कर्मचारी, सञ्चयकोषका कर्मचारी तथा रसुवा जिल्लाका साविक गाविसका कर्मचारी र रसुवा जिल्ला समन्वय समितिमा कार्यरत कर्मचारीले शेयरमा आवेदन दिन सक्नेछन्” रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाले भन्नुभयो ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रुपमा रहेका साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीले एकै पटक एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने भएपछि आवेदनकर्तालाई समेत सहज हुने विश्वास लिइएको आयोजना प्रमुख कोइरालाको भनाइ छ ।

ती दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने भएका छन् । सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् भने रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ ।

तर कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्थालाई केहीले भने विभेद भएको भन्दै गुनासो गर्ने गरेका छन् ।

रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन् ।

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ ।

रसुवागढीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढी हाइड्रोले कुल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

आयोजना सन् २०१९ को डिसेम्बरमा सक्ने गरी कार्ययोजना बनाइएको छ । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशनले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलतर्फ भारतको भ्वाइथ हाइड्रो लिमिटेड रहेको छ ।

कूल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चयकोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी तीन दशमलव पाँच प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले रु ८७ करोड ६० लाख बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानीकोष रहेको छ । रसुवामा नै सो कम्पनीले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ ।

आयोजना प्रमुख किरण श्रेष्ठले सबै तयारी सकिएकाले अब एकै दिन फागुन ११ गतेदेखि साधारण शेयर बिक्री गरिने जानकारी दिनुभयो । एकपछि अर्को गर्दै साधारण शेयर जारी गर्ने तयारीमा जलविद्युत् कम्पनी लागेपछि कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोषलगायतका संस्थाले हितग्राही खाता नभएकालाई तत्काल हितग्राही खाता खोल्न सूचनामार्फत आग्रह गरिरहेका छन् ।

बोर्डले प्राथमिक शेयर हकप्रद तथा एफपिओ निष्काशनका लागि अनिवार्य रुपमा आस्वा प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएपछि दुवै कम्पनीले त्यसको तयारी गरेका हुन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयले दिएको अनुमतिको आधारमा दुवैै कम्पनीले यही माघ २८ गते आह्वान पत्र निष्काशन गर्ने तयारी गरेका छन् । शेयर बजारको बारेमा विश्लेषण गर्दै आउनुभएका विश्लेषक निरव पुडासैनीका अनुसार पूँजी बजारको विविधकरणका लागि ठूलो मात्रामा साधारण शेयर आउनु सकारात्मक देखिन्छ । उहाँले केही समयपछि बजारमा उक्त कम्पनीमा लगानी गरिएको रकमसमेत आउने भएकाले त्यसले लगानीका लागि थप अवसर विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group