ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैचोका उत्पादित बस्तु दाङको बजारमा


एबीसी न्यूज
२० माघ २०७४, शनिबार   ५ : ४७   बजे

घोराही, २० माघ । बसेपनि शहर गाँउकै खाने रहर भन्ने मूल नाराका साथ बिक्रम सम्बत २०७२ सालबाट उत्पादन थालेको पैचो पसल प्रा.लिले दाङमा आफ्नो बिक्री शुरु गरेको छ । पैचोले घोराहीमा एक कार्यक्रमको आयोजना गर्दै दाङमा आफ्नो उत्पादनको बिक्री बितरण सुरु गरेको जानकारी गराएको हो । २०७१ सालदेखी गुल्मीबाट शुरु गरेको अभियान बिस्तार गर्नेक्रममा आठौ बिक्रेता माफ १५ जिल्लाका रुपमा पैचोका खाद्य उत्पादन दाङ आइपुगेको हो ।
बिक्री कार्यको उद्घाटन गर्दै प्रदेसशभा सदस्य अमरबहादुर डाँगीले आफ्नो पहिचान र आयात प्रतिस्थापनको लक्ष्यका साथ आएको पैचोका उत्पादनले रोजगारीका अवसर श्रृजना गर्ने ब्यापार घाटा कम गर्ने बिश्वास ब्यक्त गर्नु भयो । सदस्य डाँगीले राप्ती अञ्चलका पहाडी जिल्लामा उत्पादित कृषि उत्पादनलाई लक्षीत गर्दै दाङ आइ पुगेको पैचो उत्पादनले किसानहरुलाई राहात हुने पनि बताउनु भयो । उहांले नाफा कमाउने नाममा मानब स्वास्थ्यलाई ख्याल गर्दै गुणस्तरीयतामा कुनै पनि सम्झौता नगर्न र वातावरण प्रदुषन न्यूनिकरणमा सचेतहुन पनि आग्रह गर्नु भएको थियो ।

पैचोले अहिले कुनैपनि रासायनिक बिषादि प्रयोग नगरीएका कृषी जन्य बस्तुहरुबाट उत्पादन गरिएका ८ प्रकारका अचार, पाँच प्रकारका जाम, सीन्की, कोदोको पिठो, मकैको आटो, जुस, भटमास, सेमी, मस्यौरा लगाएतका २७ प्रकारका उत्पादनहरु बजारमा ल्याएको छ । गुल्मीमा मात्रै ५१ वटा पसल संचालन गरेको पैचोले अर्घाखाँची, पाल्पा, तनहुं, कास्की, काठमान्डौ, भक्तपुर, मकवानपुर, पर्सा, चितवन, रुपन्देही, बांके, कैलाली, कन्चनपुरलगाएतका जिल्लामा आफ्नो उत्पादन बिक्री गर्दै आएको छ भने गुल्मी पाल्पा, अघौखांची , रोल्पा, रुकुम, सल्यान। कालीकोट, जुम्ला लगायतका जिल्लाका कृषि उत्पादनहरु खरिद गर्ने गरेको छ ।

कार्यक्रममा पैचोको उद्देश्यका बारेमा पैचो पसल प्रा लिका बजार तथा मिडिया निर्देशक शरण कर्माचार्यले जानकारी गराउनु भएको थियो । बिक्री शुभारम्भ कार्यक्रममा पैचो उत्पादनका लागि दाङ जिल्लाको अधिकृत बिक्रेता टिकाराम पन्थ, पत्रकार महासंघ दाङका कोषाध्यक्ष आरके सितल, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल, दाङ देउखुरी होटेल ब्यवसायी संघका अध्यक्ष रुद्रबहादुर डाँगी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu