ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५१ करोड रुपैयाँमा बिक्यो राष्ट्रपतिले दुलहीलाई लेखेको चिठी


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ८ : ००   बजे

काठमाडौं । एकजना किशोरी बेहुलीका लागि लेखिएको एक रोमान्टिक पत्र आधा अर्ब रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ ।

दुलहीलाई लेखेको पुरानो पत्रको मूल्य ५१ करोड रुपैयाँ भन्दा धेरै कसरी पर्नसक्छ ? भनेर सायद गम खाइरहनुभएको छ होला । एउटा चिठीको आधा अर्ब रुपैयाँ भन्दा धेरै पर्ने कुरा वास्तवमै पत्याउनै गाह्रो पर्ने कुरा हो । तर दुलहीलाई लेखिएको त्यो चिठी यति धेरै महत्वपूर्ण र दुर्लभ छ कि त्यसको करोडौँ मूल्य पर्नु स्वभाविकझैं लाग्दछ ।

अमेरिकाका संस्थापक मध्येका एक तथा अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सले सन् १८२४ को डिसेम्बर १४ मा लेखेको पत्र हो त्यो । उनले आफ्नो पारिवारिक सम्बन्ध भएका एक मित्रकी छोरीको बिहेमा सहभागी भएको अवसरमा ती किशोरी बेहुलीका लागि शुभकामना र सम्झनाका लागि लेखेका थिए त्यो पत्र ।

उक्त पत्रलाई सो परिवारले पछिल्लो दुई सय वर्षदेखि कतै सार्वजनिक नगरी सुरक्षित रुपमा राखेको थियो ।

सो पत्र जोन एडम्सले छिमेकी किशोरी तथा बेहुली एलेन मारिया ब्रेकेटलाई लेखेका थिए । मारिया र उनका पतिको वैवाहिक सम्बन्ध गाँसिएकोमा आफू खुसी भएको पत्रमा उल्लेख गरेका छन् । जोन एडम्स बेहुलीका छिमेकी रहे पनि बिहेको दिनमा भने आफ्ना मित्र जर्ज पिटर र एकजना रोबिन्सन नामकी महिलासँगै बेहुलाको तर्फबाट विवाहमा उपस्थित भएका थिए ।

आफूले नयाँ जोडीलाई जीवन, प्रेम र सम्मान दिने पनि उनले पत्रमा उल्लेख गरेका छन् । साथै उनले आफूलाई बेहुलीको सच्चा मित्र भन्दै पत्रमा हस्ताक्षर गरेका छन् ।

जोन एडम्सले सो पत्र आफ्नो अन्तिम दिनहरुमा पिस फिल्डस्थित आफ्नै घरमा लेखेका थिए । बेहुली मारिया ब्रेकेन एक स्थानीय परिवारकी छोरी थिइन् र थोमस रबिन्सन नामका युवकसँग बिहे हुने बेलामा उनको उमेर १९ वर्षको थियो । जोन एडम्सले पत्रमा उल्लेख गरेअनुसार मिस रोबिन्सन नामकी महिला बेहुलाकी दिदी थिइन् ।

राष्ट्रपतिले दिएको सो पत्रलाई उक्त छालाले बाँधिएको गिफ्ट एल्बमा राखिएको थियो, जसको नाम थोमस एण्ड एलेन थियो ।

अमेरिकाको र्‍याब कलेक्सन हाउसले सो दुर्लभ ऐतिहासिक पत्र हालै लिलाम गरेको हो । आधा अर्ब रुपैयाँभन्दा धेरै मूल्यमा सो पत्र कसले किन्यो भन्ने खुलाइएको छैन, अर्थात् खरीदकर्ताको नाम गोप्य राखिएको छ ।

को हुन् जोन एडम्स ?

जोन एडम्स संयुक्त राज्य अमेरिकाका संस्थापक मध्येका एक हुन् । राष्ट्रपति बन्नुअघि उनी अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिंटनको कार्यकालमा २ पटक उपराष्ट्रपति बनेका थिए ।

जोन एडम्सको मृत्यु ९० वर्षको उमेरमा सन् १८२६ को जुलाई ४ मा भएको थियो । सोही दिन उनका राजनीतिक मित्र तथा शत्रु समेत रहेका थोमस जेफरसनको पनि मृत्यु भएको थियो ।

जोन एडम्स सन् १७९७ देखि १८०१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । एडम्सले अमेरिकी स्वतन्त्रता संग्राममा महत्पूूर्ण भूमिका निर्वाह गरेका थिए । उनी अमेरिकी संविधानका सर्जक मध्येका एक मानिन्छन् ।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu