ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   ४ : ५७   बजे

 

कञ्चनपुर, २१ माघ ।   बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ ।

नगरपालिकाको कृषि शाखाको आव २०७४\७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो ।

च्याउ घरबाट किसानले चार हजार ५०० किलोग्रामभन्दा बढी च्याउ उत्पादन गरेको कृषि शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो ।

उत्पादित च्याउ रु २०० प्रतिकिलोग्रामका दरले हालसम्म रु नौ लाख मूल्य बराबरको च्याउ बिक्री भएको र अझै च्याउ घरमा रु चार लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

च्याउ घरमा च्याउको व्यावसायिक उत्पादनमा लागेका मीना चौधरीले च्याउको बीउ राखेको एक महिनाको अवधिमै रु एक लाखभन्दा बढी उत्पादित च्याउ बिक्री गरी आम्दानी गरेको बताउनुभयो ।

कृषि शाखाबाट रु १० हजार च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजार अनुदान रकम पाएका थियौँ उहाँले भन्नुभयो, “कृषि शाखाकै प्राविधिकको सल्लाहमा च्याउ खेती गर्दा थोरै परिश्रममा धेरै आम्दानी हात पारेका छौँ ।” कन्या जातको च्याउ खेती गरेका यहाँका किसानले गतिलो आम्दानी हात पर्न थालेपछि बेमौसममा समेत च्याउ खेतीलाई निरन्तरता दिने भएका छन् ।यसका लागि कृषि प्राविधिकसँग सल्लाह लिन थालेको कृषक जयराम चौधरीले उल्लेख गर्नुभयो ।

“अन्य कृषिजन्य उत्पादनको तुलनामा च्याउ खेतीबाट मनग्य आम्दानी हुने भएकाले र च्याउको महत्व उपभोक्ताले बुझ्दै गएका र बजारमा बिक्री हुन थालेपछि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने सोच अघि सारेका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group