पोखरा, २२ माघ । पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक सुरु भएको छ। नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बैठक सुरु भएको हो। सुरुमा सहिदको सम्मानमा मौनधारण गरिएको थियो। अहिले सांसदहरुले मन्तव्य राखिरहेका छन्।
आजको बैठकले आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्ने कार्यक्रम रहेको छ।
यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सांसद छन्। जसमध्ये नेकपा (एमाले) का २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एक जना सांसद छन्। तर प्रहरीको खोजी सूचीमा रहेकाले मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङे) भने बैठकमा उपस्थित छैनन्।
प्रतिक्रिया दिनुहोस्