ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिमियामा रहेको रुसी हतियार भण्डारमा ड्रोन आक्रमण


एबीसी न्यूज
७ श्रावण २०८०, आइतबार   ८ : ३२   बजे

काठमाडौं । रुसको कब्जामा रहेको क्रिमियाको एउटा हतियार भण्डारमा ड्रोन आक्रमण भएको छ। आक्रमणको पुष्टि गर्दै रुसी अधिकारीहरूले आक्रमण आसपासका पाँच किलोमिटर क्षेत्रमा रहेका नागरिकको उद्धार गरिएको बताएका छन्। क्रिमियाका गभर्नर सर्गेई अक्स्योनोभले उक्त आक्रमणको पछाडि युक्रेनको हात रहेको बताएका छन्, यद्यपि उनले यसको कुनै प्रमाण पेस भने गर्न सकेका छैनन्। आक्रमणमा हालसम्म मानवीय क्षति भएको पुष्टि भएको छैन। सर्गेई अक्स्योनोभले आफ्नो टेलिग्राम पोस्टमा भनेका छन्, अहिलेसम्म कुनै पनि मानवीय वा सम्पत्तिको क्षतिको खबर छैन। विस्फोटपछि केर्च ब्रिजमा रेल सेवा बन्द गरिएको उनले बताएका छन्। ठूलो संख्यामा मानिसलाई बाहिर निकाल्दा उक्त क्षेत्रको ट्राफिक व्यवस्था पनि अवरुद्ध भएको थियो।

रूसी अधिकारीहरूले यसअघि शनिबार केर्च पुलमा यातायात बन्द गरेका थिए, तर पछि यसलाई सवारी अवागमनका लागि खोलिएको थियो। आक्रमण भएको ठाउँ यस पुलबाट करिब १६० किलोमिटर टाढा छ। यो पुललाई क्रिमिया ब्रिज पनि भनिन्छ। सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेको थियो। त्यसपछि, यो पुल क्रिमियामा यसको पहुँचलाई सहज बनाउन निर्माण गरिएको थियो, जुन २०१८ मा यातायात सञ्चालन गर्न खोलिएको थियो। उक्त पुल सञ्चालनमा आएसँगै दक्षिण युक्रेनमा रुसी सेना प्रवेशका लागि सहज भएको थियो। युक्रेनको सेनाले आक्रमणको जिम्मेवारी लिइसकेको छैन। तर उसले गोदाम र तेल भण्डारमा विस्फोट गरिएको भिडिओ भने पोस्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu