ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्बोडियामा सीपीसीको एकल बहुमत, यस पटक जेठा छोरा मानेटलाई प्रधानमन्त्री दिने घोषणा


एबीसी न्यूज
८ श्रावण २०८०, सोमबार   ८ : १३   बजे

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी ९सीपीपी० ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ ।

तर, आलोचकहरूले कम्बोडियाको यस चुनावलाई दशकहरूमा सबैभन्दा कम स्वतन्त्र र निष्पक्ष भएको बताएका छन् । प्रतिपक्षीको अनुपस्थितिमा भएको यो निर्वाचनले मुलुकको लोकतन्त्रको खिल्ली उडाएको उनीहरूको भनाई छ ।

आइतबार चुनाव सकिएको केही घण्टापछि सीपीपीका प्रवक्ता सोक आइसनले भने, ‘हामीले शानदार जित हासिल गरेका छौँ तर अहिलेसम्म जितेको सिटको संख्याको स्पष्ट आंकडा छैन।’

यस अघि हुन सेनले आइतबार ८४ प्रतिशत मतदान भएको बताएका थिए । उनले सिट संख्याको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको तर सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीले ठूलो जित हासिल गरेको भने भन्न सक्ने बताएका छन् ।

एसियाकै सबैभन्दा लामो समय सेवा गर्ने ७० वर्षीय हुन सेनले पछिल्लो ३८ वर्षमा आफ्नो पार्टीको शक्ति लगातार बढाउँदै आएका छन् तर उनले यस पटकको चुनाव जितेर जेठा छोरा हुन मानेटलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका छन् ।

उनका छोरा ४० वर्षीय हुन मानेट वेस्ट प्वाइन्टको युएस मिलिटरी एकेडेमीबाट स्नातक, न्यूयोर्क विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायतको ब्रिस्टल विश्वविद्यालयबाट पीएचडी गरेका हुन्। उहाँ हाल कम्बोडियाको सेना प्रमुख छन् ।

विपक्षी र मानव अधिकार समूहहरूले चुनावको विश्वसनीय प्रतिस्पर्धाको अभाव र हुन सेनको बलियो रणनीतिको लागि आलोचना गरेका छन्। हुन सेनले कम्बोडियामा आफ्नो शासनको विरुद्धमा भएका सबै विरोध प्रदर्शनलाई दबाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu