ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायु प्रदूषणविरुद्ध मास्कमाडौँ–३ हुँदै


एबीसी न्यूज
२२ माघ २०७४, सोमबार   १२ : ४५   बजे

 राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरुलाई दबाब सिर्जना मास्कमाडौँ–३ को अभियान शुरु गर्न लागिएको छ ।

बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित शहरीकरणसँगै केही वर्षयता राजधानी काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्किएको र यसले वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको भन्दै त्यसको न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै सो अभियान शुरु गरिएको बताइएको छ ।

स्वच्छ ऊर्जा नेपालको आयोजनामा शुरु गरिएको यो अभियान तेस्रो हो । सन् २०१६ र शुरुमा मास्कमाडौँ पहिलो र दोस्रो सम्पन्न भएको थियो । मास्क नलगाई राजधानीमा हिँड्न नसकिने अवस्थाको अन्त्य गर्न यस्ता अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ ।

विभिन्न अध्ययनले काठमाडौँको वायु प्रदूषण विश्वमै अत्यन्त उच्च रहेको देखाएको र यसले काठमाडौँको पहिचान अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक पर्न गएको सन्दर्भमा त्यसलाई हटाउन सो अभियानलाई निरन्तरता दिइएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रबन्धक राजन थापाले बताउनुभयो । “हिजो मन्दिरैमन्दिरको शहरका रुपमा चिनिने काठमाडौँ आज प्रदूषित शहरका रुपमा बदनाम हुँदा पर्यटनमा समेत नकारात्मक असर पर्न गएको छ”, थापाले भन्नुभयो ।

हालै सार्वजनिक इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८मा १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ । वायु प्रदूषणको हिसाबले नेपालको स्तर ३१.४४ रहेको छ ।

सो अभियानअन्तर्गत यही माघ २५ गतेदेखि साताव्यापी रुपमा प्रदूषण बढी भएका राजधानीका चोकहरुमा प्रदूषणको समस्याका बारेमा अवगत गराउनेखालका कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।

विश्व प्रेम दिवसका अवसरमा रत्नपार्कमा युवा, विद्यार्थीको सहभागितामा साझा संकल्प गरिने छ । ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने सो नाराका साथ उनीहरुलाई लक्षित गरी साझा संकल्प गराउन लागिएको प्रबन्धक थापाले बताउनुभयो ।

नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गराउन सरोकारवालादेखि सर्वसाधारणलाई समेत सचेत र जागरुक गराउन यस्ता अभियान आवश्यक भएको उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेट, गण्डकीका अधुरा आयोजना र सीमा पूर्वाधारदेखि फेवातालसम्म छलफल

प्रधानन्यायाधीशको अधिकार : ‘मास्टर अफ द रोस्टर’ कि न्यायिक हस्तक्षेप ? संविधानले के भन्छ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेट, गण्डकीका अधुरा आयोजना र सीमा पूर्वाधारदेखि फेवातालसम्म छलफल

मल संकटको दीर्घकालीन समाधान खोज्न सरकारले बनायो १२ सदस्यीय कार्यदल

प्रधानन्यायाधीशको अधिकार : ‘मास्टर अफ द रोस्टर’ कि न्यायिक हस्तक्षेप ? संविधानले के भन्छ?

सर्वोच्चको पुनरवलोकनमा गगनको टिप्पणी : ‘पार्टीको आन्तरिक शक्ति संघर्षमा अदालत प्रवेश गर्दैन’

साउनमा सरकारको राजस्व १० प्रतिशत बढ्यो, कुल आम्दानी ९३ अर्ब नाघ्यो

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu