काठमाडौं, ९ साउन । चीनले विदेशमन्त्री किन गांगलाई पदबाट हटाएको छ । गएको जुन महिनादेखि सार्वजनिक रूपमा नदेखिएका गांगलाई पदबाट हटाइएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।
उहाँ सात महिनाअघि मात्रै विदेशमन्त्रीमा नियुक्त हुनुभएको थियो । गांगलाई विदेशमन्त्रीबाट हटाएपछि पूर्व विदेशमन्त्री वाङ यीले नै जिम्मेवारी सम्हालेको खबरमा उल्लेख छ । वाङ यी सफल विदेशमन्त्री र राष्ट्रपति सी जिनपिङको भरपर्दो विश्वासपात्र मानिनुहुन्छ ।
चिनियाँ जनकंग्रेसको स्थायी कमिटीको स्थायी बैठकले किन गांगलाई हटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्