काठमाडौँ, २२ माघ । बर्दियाको बढैयाताल गाँउपालिका —८ बर्र्मेली टोलमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
नेपालगञ्ज तर्फबाट गुलरियातिर आउँदै गरेको मिनिट्रकले विपरित दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साईकल चालकको घटना स्थलमै मृत्यु भएको हो ।
भे १ ख ५२८ नम्वरको मिनिट्रकले भे ४ प ५९८४ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा बढैयाताल गाउँपालिका वार्ड नम्वर ८ बर्मेली टोल निवासी ३१ वर्षिय मोटरसाईकल चालक झकबहादुर क्षेत्रीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी गराएको छ । सवारी अनियन्त्रीत भएकाले र्दुघटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । प्रहरीले ट्रक सहित चालक रामलोटन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्