काठमाडौँ, २२ माघ । पाकिस्तानी दूताबासले आज जम्मू कश्मीर एकता दिवस मनाएको छ ।जम्मू र कश्मीरी जनताको एकताको पक्षका लागि फेब्रुवरी ५ मा यो दिवस मनाईएको हो ।
नेपालका लागि पाकिस्तानी राजदूत मंजहर जामेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउँदै कश्मीरमा मानव अधिकार उल्लंघन भएको घटनाप्रति खेद व्यक्त गरे ।
कश्मीर मुसलमानहरुको बाहुल्य क्षेत्र भएकाले मानव अधिकारको चरम उल्लंघन भएको दावी गर्दै रोक्न आग्रह गरे । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति माजमुन हुसैनको सन्देश पढेर सुनाइएको बताइएको छ ।
नेपाल र पाकिस्तानको सम्बन्ध अझ प्रगाढ हुदै गएको भन्दै पाकिस्तानले नेपालको विकासमा जस्तोसुकै सहयोग गर्ने सन्देशमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्