सप्तरी, २२ माघ । राजविराज कारागारका जेलर कृष्ण दाहाललाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकमसहित पक्राउ गरेको छ ।
सेवाग्राहीहरुसँग कैदी बन्दीहरुलाई सरुवा गरिदिने भन्दै ४० हजार रकमसहित बर्दिबास कार्यालय रहेको अख्तियारको टोलीले एक चिया नास्ता पसलबाट पक्राउ गरेको छ ।
टोलीले राजविराज कारागारदेखी २ सय मिटरको दुरीमा रहेको मुरली चिया पसलबाट सेवाग्राहीबाट रकम लिँदै गर्दा सप्तरीको कंचनरुप नगरपालिका १२ निवासी नायब सुब्बा दाहाललाई रंगेहात पक्राउ गरेको जनाएको छ ।
सेवाग्राही महिला रहेको र नाम भने गोप्य राखिएको छ । दाहाललाई पक्राउ गरि बर्दिबासको टोलीले इटहरीस्थित सम्पर्क कार्यालयको टोलीलाई बुझाएको छ । यता घटनाको मुचुल्का तयार गरी दाहाललाई आयोगको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उपस्थित गराउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्