ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएलाको राजधानी कराकसको मतदान केन्द्रमा हमला


admin
२ श्रावण २०७४, सोमबार   ३ : ५३   बजे

भेनेजुएला, २ साउन ।
भेनेजुएलाको अनौपचारिक जनमत संग्रहको क्रममा राजधानी कराकास बाहिरको एक मतदान केन्द्रमा हमला भएको छ ।
लामबद्ध मतदातालाई लक्षित गरी मोटरसाइकल चढेर आएका बन्दुकधारीले हमला गर्दा एकजनाको मृत्यु भएको छ ।
राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिन विपक्षीहरुले अनौपचारिक जनमत संग्रह आयोजना गरेका हुन् ।

घटना कराकासको पश्चिममा अवस्थित एउटा विपन्न मानिस बस्ने क्षेत्रमा भएको थियो । गोली लागेर ६१ वर्षिया एक महिलाको ज्यान गएको बताइएको छ । उनी मतदान गर्न लामबद्ध थिइन् ।

तीन जना घाइते भएका छन् । विपक्षीहरुले राष्ट्रपति मडुरोसंग सम्बन्धित सशस्त्र समूह आक्रमणका लागि जिम्मेवार भएको आरोप लगाएका छन् । अभियोजनकर्ताहरुले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् भेनेजुएला र विदेशमा रहेका मतदान केन्द्रहरुमा आइतबार केही आशावादी एवं सकारात्मक वातावरण रहेपनि गोली चलेको घटनाले भेनेजुएलाको राजनीति अहिले कति तातिरहेको छ भन्ने स्मरण गराएको छ ।

पछिल्लो तीन महिनायता भेनेजुएलामा दैनिक प्रदर्शनहरु भइरहेका छन् । तीनले बारम्बार हिंसात्मक रुप लिएका छन् ।

जुलाई ३० तारिखका लागि तय गरिएको संविधानसभाको चुनावअघि सरकारमाथि दबाब श्रृजना गर्ने लक्ष्य राखेको थियो । चुनावबाट निर्वाचित हुने संविधानसभाले हाल अलोकतान्त्रिक भनेर आलोचना गर्ने गरिएको भेनेजुएलाको संविधानलाई पुनर्लेखन गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

हर्मुज जलमार्गलाई लिएर अमेरिका–इरान तनाव फेरि चुलियो, सैन्य आक्रमण तीव्र

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

इरानमामाथि अमेरिकी आक्रमण जारी, हर्मुज क्षेत्रमा तनाव झन बल्झिंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu