रुपन्देही, २३ माघ । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सुत्केरी गराउन गएकी पाल्पा माथागढी–४, झडेवाकी ३२ वर्षीय भगवती अधिकारीको शव आफन्तले तेस्रो दिनसम्म बुझेका छैनन् ।
भगवतीको शव अस्पतालको आइसियुमै रहेको छ । आक्रोशित आफन्तले अस्पतालको गेटमै तालाबन्दी गरेका छन् । उनीहरुले दोषीमाथी कारवाही नहुँदासम्म शव नबुझने र ताला पनी नखोल्ने बताएका छन् । मृतकका आफन्तको अवरोधका कारण उपचार सेवा नै प्रभावित भएको छ ।
सामान्य अवस्थामा अस्पताल पुगेकी भगवतीलाई गलत औषधि सलाइनमा मिसाएर दिएपछि एक्कासी बेहोस भएको र ज्यान गएको पीडितले दावी गरेका छन् । आइतबार बिहान ७ बजे हिँडेर अस्पताल पुगेकी भगवतीको दिउँसो १२ बजे ज्यान गएको थियो ।
मृतकका आफन्त, अस्पताल प्रशासन र चिकित्सकहरुबीच पटक–पटक वार्ता भए पनि सहमति नजुटेपछि शव अस्पतालमा नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्