ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकता होटल तथा गेष्ट हाउस व्यबसायी संघ नेपालको छैटौ अधिबेशनबाट आलेको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित


एबीसी न्यूज
२२ श्रावण २०८०, सोमबार   ९ : ४१   बजे
काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यबसायी संघ नेपालको हालै सम्पन्न ११औ बार्षिक साधारण सभा तथा छैटौ अधिबेशनबाट सरोज आलेको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरिएको छ । नवनिर्वाचित उक्त कार्यसमितिको प्रथम उपाध्यक्षमा सरमान लिम्बु, द्धितीय उपाध्यक्षमा तिलक प्रसाद चापागाई, तृतीय उपाध्यक्षमा प्रभुप्रसाद चौधरी, महासचीवमा प्रज्वल श्रेष्ठ, सचिवमा ऋषिकेश ढकाल, कोषाध्यक्षमा लालबहादुर बानिया(अनीश) र सहकोषाध्यक्षमा धनिजंग राई चुनिएका छन् भने सदस्यहरुमा टोमप्रसाद कोईराला(गोपाल), अन्जनी कोईराला, जुनु माङलेखु लिम्बु, गोमा लिम्बु, कुशल श्रेष्ठ, ईश्वर पौडेल र चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।
सोही अधिवेशनबाट निवर्तमान हुनुभएका एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघका अध्यक्ष ऋषिकुमार चौलागाईको सभापतित्व तथा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यकमको पहिलो सत्रमा केही समयअघि सम्पन्न एसईईको परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरु स्वरुपराज चौलागाई, ईसिता थापा मगर, सुलभ श्रेष्ठ, नितेशराज गिरी, सैलेश आचार्य, रोशन ढकाल, प्रतियूस लामिछाने, दिक्षान्त नेपाल, ऐश्वर्या पौडेल, बिराज उप्रेती, आरोशी दाहाल, मनिष श्रेष्ठ र प्रशंन्ना पौडेललाई सम्मानीत गरिएको थियो । यसैगरि यसबर्षको उत्कृष्ट होटल व्यवसायीको सम्मान होटल एसियाका संचालक रमेश कार्की, गौशाला पशुपति गेष्ट हाउसका संचालक शिवशंकर राउत र न्यु सगरमाथा गेष्ट हाउसका संचालक गोबर्धन राईलाई प्रदान गरियो ।
संस्थालाई सधै सहयोग गर्ने माधवप्रसाद आचार्य, महेश गोयल, अनिल अग्रवाल, सुजन खड्का र शिलादेबी गुरुङ्ग पनि सो कार्यक्रममा सम्मानीत भएका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै महासंघका अध्यक्ष चुकेले होटल व्यवसायीहरुको अहिलेको मुख्य समस्या भनेको विद्यमान पर्यटन ऐन नै भएको बताए । आफ्नो कार्यकालको समिक्षा गर्दै संघका निर्वतमान अध्यक्ष ऋषिकुमार चौलागाईले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, विश्व आर्थिक मन्दी, डेंगीलगायतको प्रभावले होटल व्यावसायीहरु निरन्तर मारमा परेको र कतिपय व्यवसायीहरु संकटग्रस्त हुदै विस्थापित हुनुपरेको चर्चा गरे । एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ नेपालका निर्वतमान वरिष्ठ उपाध्यक्ष सुरेश बरालले स्वागत मन्तव्य राख्दै एघार बर्षअघि यस संस्था स्थापना गर्ने क्रममा जुन उद्देष्य र परिकल्पना गरिएको थियो त्यो अहिले पुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group