काठमाडौं, २३ माघ । नेपालमा जोतिषिशास्त्रमा विश्वास गर्नेको संख्या धेरै छ । हिजो मात्र पंचाग्गले २०७५ सालका पात्रलाई मान्यता दिएको छ । उक्त ज्योतिषहरुले बताएको भविश्य एवं पञ्चाङ्ग पात्रोमा उल्लेख भएको वार्षिक फललाई धेरैले विश्वास गर्छन तर उक्त पात्रोमा छाप्दा देशको समेत वर्षभरिको ‘फल’ उल्लेख गरिएको हुन्छ ।
ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलद्धारा तयार पारेको ०७५ सालको सूर्य पञ्चाङ्ग पात्रोको ‘मासफल’ लाई आधार मान्य हो भने आगामी असारबाट देशको शासक वर्गमा तनाव एवं मतभेद देखा पर्ने बताईएको छ । त्यसबेलाको ‘शासक वर्ग’ भनेको सम्भावित केपी ओली नेतृत्वको वाम गठबन्धन सरकार हो ।
पात्रोमा बैशाखदेखि नै राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु देखा पर्ने भनिएको छ । मंसिरमा शासक वर्गमा मतभेद एवं वैमनस्य बढ्नेछ भनिएको छ । सूर्य पाञ्चाङ्गमा पुस महिनाको मासफलको सुरुमै राष्ट्र प्रमुखहरुमा द्धन्द्ध सुरु हुने उल्लेख गरिएको छ । तर, माघमा विश्वासको संकट टर्ने बताइएको छ । फागुनको मासफलमा यस्तो लेखिएको छ– ‘राजनेताहरुमा परस्पर विरोध बढ्ने छ ।
०७५ साल चैतमा राजनीतिक क्षेत्रमा देखिएको समस्याले निकास पाउने उल्लेख गरिएको छ ।
पञ्चाङ्गमा उल्लेखित मासिक फल अनुसार ०७५ साल बैसाखमा महंगी बढ्ने, सेयर बजारमा अस्थिरता बढ्ने, अपराधका घटनाहरु बढ्ने अनि राजनीतिक क्षेत्रमा आन्तरिक विवादहरु बढ्ने छन् ।
प्रतिक्रिया दिनुहोस्