ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रेकमा समस्या आएपछि ‘रन-वे’मा रोकियो इयर इन्डिगोको जहाज


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   ५ : २९   बजे

काठमाडौं, ३० साउन । एयर इन्डिगोको जहाजको ब्रेकमा समस्या आएको छ । उडानका लागि तयार रहेको जहाजको ब्रेकमा समस्या आएको हो ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको लागि जहाज ‘ट्याक्सी वे’बाट ‘रनवे’मा प्रवेश गर्दै थियो । सोही क्रममा जहाजको ब्रेकमा समस्या देखिएको थियो ।

उडान नम्बर २१६ रहेको जहाजको काठमाडौं–दिल्लीको उडान थियो । उडान समय पाँच बजे थियो ।

जहाज उडानको लागि तयार भएर रनवेमा प्रवेश गर्नासाथ ब्रेकमा समस्या आयो । त्यसपछि जहाजलाई रनवेबाट नै पार्किङस्थलमा ल्याइएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

जहाज टयाक्सी वेबाट रनवे प्रवेश गर्नको लागि घुम्ने क्रममा थियो । त्यसबेला ब्रेकमा समस्या आएपछि जहाजलाई ट्याक्टरले तानेर पार्किङमा ल्याइएको हो । उक्त जहाजमा १७९ जना यात्रु थिए ।

जहाज रन वेमा हुँदासम्म अन्य उडान समेत अवरुद्ध भएको छ । रनवेमै जहाजमा समस्या आएपछि अन्य उडान तथा अवतरण प्रभावित बनेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu