ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महायज्ञबाट दुई दिनमै २३ करोड रकम संकलन


admin
२३ माघ २०७४, मंगलबार   ६ : ११   बजे

काठमाडौं, २३ माघ । पर्यटकीय नगरी पोखराको सराङकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने भएको छ । सोमबारबाट सराङकोटमा धार्मिक पर्यटन पूर्वाधार निमार्णका लागि महायज्ञ शुरु भएको छ । महायज्ञमा दुई दिनमै २३ करोड रुपैयाँ संकलन गरिएको छ ।

सराङकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने उद्देश्यले एक दशक अघि सुरु गरिएको विशाल शिव मन्दिरको पूर्णताका लागी महायज्ञ आयोजना गरिएको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।

महायज्ञबाट संकलित रकमबाट ५१ फिटको शिवमूर्ति स्थापना गर्ने लक्ष्य राखिएको छ भने मन्दिरको पूर्णताको लागि १०८ शिवलिङ, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर, विशाल बौद्ध मन्दिरको निर्माण गरिने छ ।

त्यस्तै गुरुयोजना अन्तर्गत शिव मन्दिर निमार्ण, बहुउद्देश्यीय भवन निर्माण, ऐतिहासिक संग्रालयल, भ्यूटावर, बालउद्यान, पार्क फुटट्रयाक, हेलीप्याड, वनभोज स्थल आदिको निर्माणमा खर्च गरिने जिसीले बताए ।

पोखरा लेखानाथ महानगरपालिका वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापाले २९ करोडको प्रस्तावित गुरु योजना पुरा गर्न महायज्ञ आयोजना गरिएको बताए ।

महायज्ञको दोस्रो दिनसम्म नगद तथा जिन्सी गरी २३ करोड बराबरको सहयोग घोषणा गरिएको थापाले जानकारी दिए ।

सराङकोटमा धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन नै बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टद्वारा १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

त्यस्तै पूर्व सभासद् सूर्य बहादुर केसीले १० तोला सुन सहयोग गर्ने घोषणा गरे । पण्डित कुल प्रसाद पहारी (घनश्याम) ले एक रोपनी जग्गा दान, अध्यक्ष प्रेम बहादुर जिसीले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

निर्माणको चरणमा रहेको अन्नपूर्ण केवलकार प्रा.लि, उद्योगी व्यवसायी, राजनीतिक दल, स्थानीय सहयोगीहरुको संलग्नतामा बृहत्तर योजना अन्तर्गत केही पुर्वाधारका योजना प्रस्ताव गरिएको पनि जिसीले बताए ।

एक सय रोपनी क्षेत्रमा फैलिएको सराङकोट क्षेत्रको विकासका लागी पोखरा लेखनाथ महानगरपालिकामा १३ करोडको पूर्वाधार योजना पेश भईसकेको छ । २०६१ सालमा सुरु गरिएको मन्दिर निर्माणका लागी हालसम्म ९७ लाख भन्दा बढि खर्च भएको छ ।

माघ २२ देखि सुरु भएको महायज्ञ फागुन १ गतेसम्म संचालन हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group