ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन लिएका थिए अक्षयले क्यानाडाको नागरिकता?


एबीसी न्यूज
३१ श्रावण २०८०, बुधबार   १ : ४७   बजे

काठमार्डौ, ३१ साउन । बलिउडका चर्चित अभिनेता अक्षय कुमार मंगलबार ९अगस्ट १५० देखि मात्र कानुनी रूपमा भारतको नागरिक बने। अर्थात् उनले मंगलबार भारतीय नागरिकता लिए।

अभिनेता अक्षयले भारतको ७७औं स्वतन्त्रता दिवसका अवसरमा मंगलबार आफूले पाएको भारतीय नागरिकताको प्रमाणपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै खुसी प्रकट गरेका थिए।

तस्बिरका साथ उनले लेखे, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी ९भारतीय। स्वतन्त्रता दिवसको शुभकामना१ जय हिन्द।’

वास्तवमा बलिउड अभिनेता भए पनि अक्षय यसअघि क्यानाडेली नागरिक थिए अर्थात् उनीसँग क्यानाडाको नागरिकता थियो। जसका कारण उनले बारम्बार आलोचनाको सामना गर्नुपरेको थियो।

किन लिएका थिए अक्षयले क्यानाडाको नागरिकतारु
अक्षय कुमारले विगतमा भनेका थिए– नब्बेको दशकमा एक यस्तो समय आयो, जतिबेला उनको करियर खराब चरणबाट गुज्रियो।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार उक्त अवधिमा उनका १५ वटा फिल्म लगातार फ्लप भएका थिए।

त्यसपछि स्थिति यस्तो बन्यो कि अक्षय कुमारले क्यानाडाको नागरिकताका लागि आवेदन दिए।

२०१९ को लोकसभा चुनावमा उनले मतदानमा भाग नलिँदा उनको नागरिकताबारे सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो।

प्रधानमन्त्री मोदीसँग लिएको त्यो अन्तर्वार्ता
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता अक्षय कुमारलाई अन्तर्वार्ता दिएका थिए, जुन २०१९ अप्रिल २४ मा प्रसारण भएको थियो। ६७ मिनेटको उक्त अन्तर्वार्ता भारतका अधिकांश समाचार च्यानलमा प्रसारण भएको थियो।

प्रधानमन्त्रीकै निवासमा लिइएको उक्त अन्तर्वार्तामा अक्षयले मोदीलाई उनका दिनचर्या, खानपिन, रुचि र बाल्यकालबारे प्रश्न गरेका थिए।

जसलार्य अक्षय कुमारले गैरराजनीतिक अन्तर्वार्ता भनेका थिए। अनि प्रधानमन्त्री मोदीले पनि अन्तर्वार्ताका क्रममा खुसी व्यक्त गर्दै निर्वाचनको समयमा गैरराजनीतिक अन्तर्वार्ता दिन पाउँदा खुसी लागेको बताएका थिए।

यो अन्तर्वार्ता सामाजिक सञ्जालमा टप ट्रेन्डमा थियो।

तर त्यसबेला पनि अक्षय कुमारको नागरिकताका विषयमा प्रश्न उठेको थियो। भनिएको थियो– प्रधानमन्त्री मोदीले बलिउडमा काम गर्ने भारतीय मूलका क्यानाडाली नागरिकलाई अन्तर्वार्ता दिए।

अब भने अक्षय कुमारलाई नागरिकताका विषयमा कसैले खिसिट्युरी गर्न पाउने छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसद धनञ्जय रेग्मीले दिए सरकारलाई पूर्वतयारीको चेतावनी-‘४७ एटमबमजस्ता हिमताल’

काठमाडौंसहित ९ जिल्लाका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu