ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरबाट संस्थागत विद्यालयको भागभाग, धमाधम छिमेकी पालिकामा सर्दै


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   १० : ४३   बजे

काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकाको कडा नीतिका कारण यहाँका संस्थागत विद्यालयले धमाधम स्थान परिवर्तन गर्ने क्रम बढेको छ।महानगरले निजी विद्यालयलाई नियमन गर्नका लागि कडा नीति लिएपछि महानगर छाडेर उपत्यकाकै अन्य पालिकामा विद्यालयको स्थानान्तरण बढेको हो।

महानगरको शिक्षा विभागले मंगलबार निकालेको विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन दाबीविरोध सम्बन्धी सूचनामा भएका ६ विद्यालयमध्ये तीन वटाले काठमाडौंबाट अन्य पालिकामा जान खोजेका छन्।सूचनामा काठमाडौं महानगरपालिका–१५ स्वयम्भूमा रहेको निर्भाणा एकेडेमी नागार्जुन नगरपालिका–५ मा जान खोज्दा महागरकै १५ नम्बर वडा छाउनीमा रहेको काठमाडौं भ्याली स्कूल नागार्जुन नगरपालिका–९ स्युचाटारमा सर्न सर्न लागेको छ।
महानगरको वडा नम्बर ६ बौद्धमा रहेको श्री बौद्ध सेकेण्डरी इङ्गलिस स्कूल गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा स्थानान्तरण हुन लागेको हो।

यसअघि पनि महानगरको १४ नम्बर वडामा भएको लिटिल बर्ड स्कुल कीर्तिपुर नगरपालिका–१ मा, महानगरको १५ नम्बर वडामा रहेको रेन्बो इन्टरनेसनल बोर्डिङ स्कुल नागार्जुन नगरपालिका–३ मा स्थानान्तरण भएका थिए।महानगर प्रमुख बालेन्द्र शाहले यसअघि नै विद्यालयको नाम र चिन्हमा एकरुपमा ल्याउनका लागि भन्दै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ लाई कडाइका साथ कार्यान्वयन थालेपछि विद्यालयहरूको भागाभाग चलेको हो।महाागरले विद्यालयको चिन्ह, नामकरणको विषयमा भएकै नीति कार्यान्वयनमा ल्याएको हो।

नियमावलीमा विद्यालयको चिन्ह षड्कोण आकारको हुनुपर्ने र त्यसको बीचमा आफ्नो छुट्टै चिन्ह राख्न पाइने व्यवस्था गरिएको छ।यस्तै संस्थागत विद्यालयको नामको सम्बन्धमा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने, नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने अनिवार्य गरेको थियो।नियम लागू हुनुअगावै नामाकरण भइसकेका विद्यालयले पनि नियममा आउन आग्रह गर्दै महानगरले नआएको खण्डमा कारबाही गर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘विश्वासको कूटनीति’ कि ‘दूरीको रणनीति’? बालेन सरकारको परराष्ट्र अभ्यासमाथि एमालेको प्रश्न

वाग्मतीमा सरकार परिवर्तनको बहस तीव्र, सत्ता हस्तान्तरणका लागि मुख्यमन्त्रीलाई एमाले–नेकपाको आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Indian Judo Stars Receive Grand Welcome Home After Historic Commonwealth Wins

Trump Claims Strait of Hormuz Could Reopen Within Days as Talks With Iran Progress

Washington Wildfires Destroy Hundreds of Buildings, Force Evacuations

Democratic Socialists Outmaneuver Mainstream Party in Grassroots Campaigns

Climate Change Policies Face Class Divide in U.S.

Two US Deaths Linked to Cyclospora Parasite Reported in Michigan

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu