ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्स्टाग्राममा फलो गरेका व्यक्तिसँग ‘लभ’ पर्दा फाइनान्सकी रिसेप्सनिष्टको १४ लाख स्वाहा


एबीसी न्यूज
६ भदौ २०८०, बुधबार   ३ : ४१   बजे

काठमाडौं, ६ साउन । सामाजिक सञ्जालमार्फत परिचित एक व्यक्तिले काठमाडौंको एक फाइनान्समा रिसेप्सनिष्टको काम गर्दै आएकी महिलालाई करिब १४ लाख रुपैयाँ ठगेका छन् ।

पीडित महिलाका अनुसार चार्ल्स वाङ नाम गरेका व्यक्तिले उनलाई इन्स्टाग्राममा फलो गरेपछि उनीहरुबीच चिनजान भएको थियो । वाङले आफूलाई क्यानेडियन नागरिक बताएका थिए ।

कुराकानीकै क्रममा ह्वाट्स एप नम्बर आदानप्रदान भएको र मायाप्रेमका गफहरु हुन थालेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । त्यसपछि वाङले ती महिलालाई सरप्राइज गिफ्ट पठाउन लागेको भन्दै उनको इमेल आईडी र अन्य ठेगाना मागेका थिए ।

पीडितका अनुसार वाङले ४५ हजार क्यानेडियन डलरसहित गिफ्टहरु पठाएको उनलाई बताएका थिए । त्यसपछि पीडितलाई ठग्ने क्रम सुरु भएको थियो । भारतस्थित भन्सार कार्यालयको कर्मचारी भन्दै उनलाई पटक पटक फोन आयो ।

त्यसबीचमा उनले भन्सार क्लियरेन्सका लागि ८ पटकमा गरी १३ लाख ६१ हजार ५ सय रुपैयाँ पठाएकी थिइन् । त्यो पैसा उनले आफ्नो बैंक खाताबाट उनलाई दिइएका विभिन्न बैंक खाताहरुमा ट्रान्सफर गरेको देखिएको छ ।

थप १० लाख ३० हजार रुपैयाँ आवश्यक रहेको भन्दै भन्सार कर्मचारी बताउने व्यक्तिले फेरि पनि रकम माग गरेपछि ती महिला झस्किएकी थिइन् । त्यसपछि प्रहरीमा उनले उजुरी गरेकी थिइन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पीडितले पैसा ट्रान्सफर गरेका बैंक खातावालालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । ५ जनालाई प्रतिवादी बनाइए पनि उनीहरु कोही पनि पक्राउ परेका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group