ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोनाल्ड ट्रम्प अढाई वर्षपछि ट्विटरमा फर्किएपछि एलन मस्कको यस्तो प्रतिक्रिया


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   १ : ११   बजे

काठमाडौं, ८ भदौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प झन्डै अढाई वर्षपछि ट्विटरमा फर्किएका छन्।

उनले आफ्नो मगसट अनुहारको तस्बिर अर्थात् जेलले जारी गरेको तस्बिर सार्वजनिक गर्दै आज ट्विट गरेका हुन्।

अढाई वर्षपछि ट्रम्पको पहिलो ट्विट– जेलले जारी गरेको आफ्नो तस्बिर

सन् २०२० भएको राष्ट्रपतिको निर्वाचनका क्रममा जर्जियामा नतिजा उल्टाउन षड्यन्त्र गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका थिए। त्यस क्रममा जेलले रेकर्डका लागि उनको तस्बिर खिचेर सार्वजनिक गरेको थियो।

तर उनी धरौटी बुझाएर जेलमा मात्र २० मिनेट बसेर रिहा भए। त्यही जेलले सार्वजनिक गरेको आफ्नो तस्बिर राख्दै उनी ट्विटरमा फर्किएका हुन्।

यसमा ट्विटर मालिक एलन मस्कले प्रतिक्रिया दिएका हुन्। उनले लेखेका छन्– ‘नेक्स्ट लेभल’।

यसअघि ट्रम्पले ८ जनवरी २०२१ मा ट्विट गरेका थिए र त्यसपछि उनले आज यो प्लेटफर्म प्रयोग गरेका हुन्।

यसअघि ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो। त्यसपछि उनले आफ्नै सामाजिक मिडिया प्लेटफर्म ट्रुथ सोसल सुरु गरे।

तर गत वर्ष ट्विटर एक्स को का नयाँ मालिक एलन मस्कले ट्रम्पलाई लगाइएको प्रतिबन्ध हटाए, तर पनि ट्रम्पले यो प्लेटफर्म प्रयोग गरिरहेका थिएनन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसद धनञ्जय रेग्मीले दिए सरकारलाई पूर्वतयारीको चेतावनी-‘४७ एटमबमजस्ता हिमताल’

काठमाडौंसहित ९ जिल्लाका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu