ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसलाई हतियार उपलब्ध गराउन पुटिनलाई भेट्दै किम जोङ उन


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १२ : ३९   बजे

काठमाडौं, १९ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना रुसको भ्रमण गरी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी भइरहेको बताइएको छ ।

भेटमा दुई नेताबीच युक्रेनमा युद्ध लडिरहेको रुसलाई उत्तर कोरियाले हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुने बताइएको छ । उनीहरूबीचको भेटवार्ताको स्थान तय भइनसकेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाबाट नजिक पर्ने भएका कारण रुसी बन्दरगाह सहर भ्लादिभोस्तोक आसपास भेटवार्ता हुन सक्ने द गार्जियनले उल्लेख गरेको छ ।

उत्तर कोरिया र रुसका तर्फबाट यो भेटका विषयमा कुनै टिप्पणी गरिएको छैन । न्युयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै किमले सशस्त्र सुरक्षासहितको रेलबाट यात्रा गर्न सक्ने उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास एवं कार्यस्थल ह्वाइट हाउसले दुई देशबीच पछिल्ला दिनमा हतियार वार्ता सक्रिय रूपमा अगाडि बढेको जनाएको छ । ह्वाइट हाउसको यो टिप्पणीपछि दुई नेताबीच भेटवार्ता हुने विषय बाहिरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको त्रासमा नुवाकोट : बस्ती पुरिए, दर्जनौँ सम्पर्कविहीन, उद्धारमा कठिनाइ

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu