काठमाडौं, २५ माघ । लागुऔैषध तस्करीमा लामो समयदेखि फरार रहेका बानेश्वरस्थित एभरेष्ट होटलका संचालक मस्कुर अहमद लारी पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी कार्यालय र महाराजगंज वृत्तलेले बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको हो ।
उनलाई २१ वर्षअघिको लागूऔषध मुद्दामा पक्राउ गरिएको हो ।
सन् १९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेस बरामद हुँदा त्यसमा उनको संलग्नता रहेको खुलेको थियो ।
महानगरीय प्रहरी कार्यालयका एआईजी जयबहादुर चन्दले पक्राउ गरेको पुष्टि गर्दै उनलाई अदालतमा पेश गरिने बताएका छन् ।
पाँचतारे होटल एभरेष्ट सेयरसम्बन्धि विवादमा पनि पुछिदै आएको छ । वि.सं.२०७२ सालमा गएको भूकम्पपछि हाल एभरेष्ट होटल बन्द छ ।
प्रतिक्रिया दिनुहोस्