ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केही दिन अघिसम्म कमजोर रहेको मनसुन फेरि सक्रिय , भोलि र पर्सि भने ठूलो पानी पर्ने


एबीसी न्यूज
१४ आश्विन २०८०, आइतबार   ८ : ३३   बजे

काठमाडौ १४ असोज । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको छ । गएरातिदेखि देशका केही ठाउँमा पानी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले कोशी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भोलि र पर्सि भने ठूलो पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिए।

उनका अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको छ । यसकै कारण कोशी, मधेस, बाग्मती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।यस्तै, यो प्रणालीसँगै स्थानीय वायुको प्रभाव मिसिँदा केही ठाउँमा एकैछिनमा आरीघोप्टे वर्षासमेत हुने मौसमविद् अधिकारीले बताए । केही दिन अघिसम्म मनसुन कमजोर थियो । जसले गर्दा खासै पानी परेको थिएन ।

तर, अस्ति शुक्रवारदेखि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । अबको तीन दिन मौसम यस्तै रहने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । आफूले यात्रा गर्ने बेला सडकको अवस्था र मौसमसम्बन्धी जानकारी लिन मौसमविद्ले सुझाव दिएका हुन् ।बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन, खोला तथा नदी आसपासका क्षेत्रमा बसोबास भएकालाई उच्च सतर्कता अपनाउन पनि मौसमविद्को आग्रह छ ।

यसपालि मनसुन ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालबाट अक्टोबर दुई तारिख अर्थात् भोलि मनसुन बाहिरिने गर्छ । तर, यसपालि अन्तिमतिर मनसुन फेरि सक्रिय भएको छ ।नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एकरदुई दिन तलमाथि हुने गरेको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

PM Modi Urges India’s Youth to Stay Drug-Free for a Developed Nation by 2047

Trump Orders Halt to Iran Strikes as Ceasefire Deal Takes Shape

Bangladesh Author Taslima Nasreen Returns to Kolkata After Nearly Two Decades

SP Chief Akhilesh Yadav Honors Ramlila Artists with Rs 51,000 Each

Mirabai Chanu Aims for Asian Games Gold After CWG Triumph

Congress MPs Vow to Reject Delimitation Bill in Tamil Nadu and Puducherry

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu